‘आयो रे आयो हाप्पी होली’

मनोरन्जन

चितवन २३ फागुन । जाती अनुसार फागु खेल्ने आआफ्नै शैलि हुन्छ । थारू समुदायमा पनि होली अर्थात धुरहेरी र होली पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दुहरुको महत्वपूर्ण पर्व मध्य फागु पूर्णिमा पनि एक हो । फागु पूर्णिमा नजिकिदै गर्दा समिक्षा र विश्व चौधरीको स्वरमा होली गीत ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक भएको छ ।

उपेन्द्र ‘अबिरल जिज्ञासु’ र विश्व चौधरीको शब्द, संगीत रहेको गीतमा रेकर्डिस्ट एसबी मुस्कान, मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीको रहेको गीतको भिडियोमा चर्चित मोडल देव महतो र ममता चौधरीको मुख्य भूमिका रहेको छ भने छायांकन विक्रमे, सम्पादन, कलरिङ सुरज महतो, निर्देशन हिरा चौधरीको रहेको छ ।

Facebook Comments Box