‘म नेपाली’ छायाँकनको तयारीमा

मनोरन्जन

काठमाडौं । राष्ट्रप्रेमको मुल भावलाई कथावस्तु बनाएर निर्माण गर्न लागिएको चलचित्र ‘म नेपाली’ छायाँकनको तयारीमा जुटिरहेको छ । मध्यपश्चिम् तथा सुदुरपश्चिम् नेपालका मनोरम क्षेत्रहरुमा छायाँकन गर्ने तय भएको चलचित्रका गीतहरु भने तयार भइसकेका छन् । त्यसै क्षेत्रको सांस्कृतिक पक्ष र भाकालाई गीतका माध्यमबाट उतारिएको छ ।

असोज महिना भित्रै छायाँकन शुरु गर्ने भनिए पनि चलचित्रको पूर्ण जानकारी भने निर्माण पक्षले दिएको छैन । ‘तयारी भइरहेको छ, केही समय भित्रै एक विशेष कार्यक्रम आयोजना गरी कलाकार, प्राविधिक लगायत फिल्म युनिटको बारेमा एकै पटक सार्वजनिक गर्ने तयारीमा छौं’ निर्माण पक्षले भन्यो ।

Facebook Comments Box