युवा संगीतकार लक्ष्मण पोखरेलको नया गीत चमक चमक चम सार्वजनिक भएको छ । आफ्नै शब्द संगीत र स्वरमा संगीतकार पोखरेलले उक्त गीत सार्वजनिक गरेका हुन् । सामाजिक राजनिति बेथितिका विषयमा सरल शब्द र भावमा पोखरेलले चमक चमक चम दर्शक श्रोताहरु माझ ल्याएका हुन् । पहिलो पटक आफै गायकको रुपमा गीत गाएका पोखरेल अहिलेका व्यस्त संगीतकारमा पर्दछन् ।
एल पि म्युजिक किरेसन युटुव च्यानलबाट सार्वजनिक गरिएको चमक चमक चममा मनोज चौलागाईको संगीत संयोजन,राजेश श्रेष्ठको रेकर्डिङ् किशोर थापाको ध्वनि सम्पादन रहेको छ । ओम प्रकाश वस्तीको छायांकन सम्पादन र निर्देशन रहेको चमक चमक आम नेपाली दर्शक श्रोताहरुले रुचाउनेमा संगीतकार पोखरेल आशावादी रहेका छन् ।
Facebook Comments Box