लक्ष्मणको सङ्गीतमा दुखे धेरै दुख्न पुग्यो

मनोरन्जन समाचार

गीतकार तथा समाजसेवी सरला श्रेष्ठको शब्द रचनामा लोकप्रीय गायीका एलिना चौहानको स्वर र युवा संगीतकार लक्ष्मण पोखरेलको संगीतमा दुखे धेरै दुख्न पुग्यो गीत सार्वजनिक भएको छ । अशोक थापाको संगीत संयोजन दिल सार्कीको रेकर्डिङ र प्रकाश मिश्रको ध्वनि सम्पादन रहेको गीतमा स्मारिका ढकाल सुरेश कोहलीको अभिनय रहेको छ । गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका छन् । यसमा उत्सव दाहालको छायांकन मिन रावलको सम्पादन रहेको छ । कवि डाडा साहित्य समाजले आयोजना गरेको एक कार्यक्रममा उक्त गीतको भिडियोको सार्वजनिक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको हातबाट गरिएको थियो । कार्यक्रममा यस वर्षको कविडाडा सुवर्ण तुलसी साहित्य पुरस्कार वरिष्ठ साहित्यकार गोपाल पराजुलीलाई रु. एकाउन्न हजार नगद सहित सम्मान गरिएको थियो ।

 

Facebook Comments Box