आकाश र पूजाको ‘सम्झना बिर्सना’ जेठ २ मा आउने

मनोरन्जन

काठमाडौं १० फागुन । पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर सिनेमा ‘सम्झना बिर्सना’को आगामी वर्ष जेठ २ गते रिलिज हुने भएको छ। निमेष प्रधान निर्देशित लभस्टोरी सिनेमाले रोमान्टिक पोस्टर सार्वजनिक गर्दै जेठ २ लाई रिलिज मिति तोकेको हो। उसले सार्वजनिक गरेको पोस्टरमा सिनेमाका मुख्य कलाकार पूजा र आकाशको जोडीलाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ ।

सिनेमामा सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारको पनि अभिनय छ। सिनेमाको कथा र पटकथा निर्देशक प्रधानले नै लेखेका हुन्। सिनेमामा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, शिशिर राणाको संवाद र कमल राईको कोरियोग्राफी छ।

Facebook Comments Box