नेपाल ऊल हाउस आफ्नै भवनमा

आर्थिक मुख्य समाचार राजनीति समाचार

विष्णु चौलागाईं

जाडोको समय छ । बच्हरुदेखि वृद्धवृद्धासम्मलाई तातो ऊनका लुगाहरु आवश्यक छन् । कार्यालय जाने कर्मचारीहरु हुन् वा घरमा बस्ने जो कोहीलाई पनि कार्यालयले तोकिदिएको रङ्गमा ऊनीका स्वीटरहरु आवश्यक परिरहेका हुन्छन् । ती सबैको माग नेपाल ऊल हाउस, भोटाहिटीले पुरा गरिरहेको पाइन्छ । ७९ वर्षदेखि भोटाहिटीको आफ्नै भवनबाट ग्राहकहरुको माग बमोजिमको ऊनीका कपडाहरु बिक्री वितरण गर्दै आएको नेपाल ऊल हाउसको घरलाई २०७२ सालमा आएको महाभुकम्पले अछुतो राखेन । नेपाल ऊल हाउसको पुरानो भवनलाई भुकम्पले क्षति पु¥यायो र उक्त भवनलाई नयाँ भवनमै बनाउनु पर्ने अवस्था आयो । नेपाल ऊल हाउसका सञ्चालक ज्ञानेन्द्ररत्न तुलाधारले तत्कालै नेपाल ऊल हाउस भन्दा अगाडीको घर लिई ग्राहकहरुलाई सेवा दिई नै रहे । अहिले नेपाल ऊल हाउस यहि भदौ २८ गते बाट आफ्नै पुरानो ठाँउमा फर्किएको छ । नेपाल ऊल हाउसको पुरानै ठाँउबाट अहिले आफ्नो बिक्रि, वितरण नेपाल ऊल हाउसले गरिरहेको हुँदा सेवाग्राहीहरु पनि खुसी देखिन्छन् । त्यसो त नेपाल ऊल हाउस, भोटाहिटीले कम नाफा राखि स्तरीय ऊनीका लुगाहरु वर्षौदेखि ग्राहकहरुलाई विक्री वितरण गर्दै आएको छ । एक पल्ट नेपाल ऊल हाउसबाट उृmनीका लुगाहरु लगेका ग्राहकहरु पुन सम्झेर आफु कहाँ आउने गरेको हुँदा जीवनको सन्तुष्टीनै ग्राहकको चाहाना रहेको नेपाल ऊल हाउसका सञ्चालक ज्ञानेन्द्ररत्न तुलाधरले काभ्रेपोष्टलाई बताए । लेडिज, जेन्स सबै प्रकारका ऊनीका लुगाहरु पाइने नेपाल ऊल हाउसमा दर्जनौले रोजगारी पनि पाएका छन् । भद्र शालिन स्वभावका नेपाल ऊल हाउसका सञ्चालक ज्ञानेन्द्र रत्न तुलाधर सबैले आ–आफ्नो क्षेत्रमा इमान्दार साथ काम गर्नुपर्ने बताउनुहुन्छ । व्यापारीहरुले पनि कम नाफा खाई आफ्ना ग्राहकहरुलाई सामान बेच्नु पर्छ, राज्यलाई कर तिर्नुपर्छ । राज्य र राज्यमा काम गर्ने कर्मचारीहरुले पनि जनताले तिरेको करलाई उचित व्यवस्था गरी एशियाली मापदण्डका बाटाहरु नेपालमा बनाउनु पर्छ । एशियाली मापदण्ड अनुसारका विकास निर्माण नेपालमा गरिनु पर्ने बताउनु हुन्छ । देश विदेश घुमेका राजनीतिज्ञहरुले पनि अब नेपाललाई विकासको पथमा हिडाउनु पर्छ । अबको सन्ततीले विकासलाई देख्न पाउनुपर्छ ।
नेपालमा कागजमा मात्र विकास भए अब साच्चीकै फिल्डमै विकास हुनुपर्ने ज्ञानेन्द्र तुलाधर बताउनुहुन्छ। विसं १९९४ मा दिव्यरत्न तुलाधरले काठमाडौंको भोटाहिटीमा ऊल हाउसको स्थापना गरी ऊनीको व्यवसाय थालेका थिए । हाल उनका छोरा ज्ञानेन्द्ररत्न तुलाधरले त्यसलाई विस्तार गरिरहेका छन् । त्यसमा उनका छोरा दीपेशरत्न तुलाधरले पनि उत्तिकै साथ दिइरहेका छन् ।
नाफाको मार्जिन अत्यन्तै कम राखेर गुणस्तरीय ऊन तथा ऊनका कपडा उपलब्ध गराउन सकेकाले नै व्यवसाय तीन पुस्तासम्म निरन्तर चल्न सकेको ज्ञानेन्द्ररत्न बताउँछन् । ‘तीन पुस्तादेखिका नियमित ग्राहक पनि छन्,’ उनी भन्छन् ‘सुपथ मूल्यमा गुणस्तरीय समान दिएकाले सबै वर्गका मानिसको विश्वास जितेका छौं ।’ अहिले आएर नेपाल ऊल हाउस एउटा ब्राण्डका रूपमा स्थापित भइसकेको उनको दाबी छ ।

Facebook Comments Box