भक्तपुरको सिर्जनानगरस्थित सहारा हेरचाह केन्द्रमा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई राधा माधव समिति नेपाल र यस सम्बद्ध डिभाइन युवा क्लबले रु एक लाख बराबरको खाद्य सामग्री तथा फलफूल वितरण गरेका छन् ।
आज आयोजित एक कार्यक्रमबीच केन्द्रमा आश्रय लिएका ज्येष्ठ नागरिक तथा शारीरिकरूपमा अपाङ्गता भएकाका लागि सहायतास्वरूप चामल, तेल, दाल, नुन र फलफूललगायत खाद्यान्न हस्तान्तरण गरिएको समितिका प्रेस संयोजक मुकुन्द अर्यालले बताउनुभयो ।
सो अवसरमा सहारा हेरचाह केन्द्रका कल्पना वयजूले ज्येष्ठ नागरिकका लागि सहायता प्रदान गरेकोमा राधा माधव समितिप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा राधा माधव समिति नेपालका तर्फबाट किरण ख्वजु, सहारा केन्द्रका सचिव प्रचण्ड कारन्जितलगायतको उपस्थिति रहेको अर्यालले जानकारी दिनुभयो ।
Facebook Comments Box