श्रम मन्त्री अर्याल जेनेभा उडे

आर्थिक प्रवास वैदेशिक रोजगार समाचार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुन आइतबार जेनेभा तर्फ प्रस्थान गरेका छन् ।
मन्त्री अर्यालले इकोनमी क्लासको टिकट लिएर सर्वसाधारणको लाईनमा बसेर जेनेभा प्रस्थान गरेका छन् । मन्त्रीले बिजनेस क्लासको टिकटबाट यात्रा गर्न मिल्ने व्यवस्था छ । यात्रा गरे बापत लाग्ने शुल्क सरकारले नै ब्यहोर्ने व्यवस्था पनि छ । भिआईपी कक्ष प्रयोग गरेर सुविधा लिन मिल्ने व्यवस्था पनि छ । तर नागरिकको कर अनावश्यक खर्च नगर्ने, आफु सधै इकोनमी क्लासबाट नै यात्रा गर्ने भन्दै कर्मचारीको अनुरोधका बाबजुद मन्त्री अर्यालले साधारण नागरिक सरह यात्रा रोजेको प्रष्टिकरण दिएका छन् । ‘हाम्रै मन्त्रालयबाट अनुमती लिएर दैनिक हजारौ युवाहरु विदेश जान्छन् । उनीहरुले जस्तै सबै अवस्था भोगेर हामीले किन जान नहुने ?,’ उनले भने ।
मन्त्री अर्यालले १२ जुनमा आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गर्नेछन् । त्यस्तै, यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा समाजिक न्यायको लागि ग्लोबल गठबन्धन फोरममा सहभागिताको भ्रमण दलको सदस्यको रुपमा पनि मन्त्री अर्याल सहभागी हुनेछन् ।
११ जुनमा मलेसियाका मानव शंसाधन मन्त्री H.E. Mr. Chee Keong SIM र कतारका श्रम मन्त्री H.E Mr. Ali Samikha Al Marri सँग दुई पक्षिय भेट गर्नेछन् । त्यस्तै, १४ जुनमा कोरियाका रोजगार तथा श्रम मन्त्री H.E. Mr Jung Sik LEE सँग दुई पक्षीय भेट गर्नेछन् ।
सम्मेलनमा आईएलओका १८७ सदस्य राष्ट्रका प्रतिनिधिले सहभागिता जनाएका छन् । सरकार, रोजगारदाता र श्रमिकका प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने छन् । नेपालका तर्फबाट उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र संयुक्त टे«ेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवरले पनि सम्मेलनमा सहभागिता जनाउने छन् । आईएलओले प्रत्येक बर्ष यस्तो खालको सम्मेलन गर्दे खाएको छ । ३ जुन देखी शुरु भएको सम्मेलन १४ जुनमा सकिनेछ ।

Facebook Comments Box