नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुँदै

आर्थिक प्रवास मुख्य समाचार वैदेशिक रोजगार समाचार

काठमाडौंको हात्तीसारमा कार्यालय रहेको हामी रुप्से होलिडेज परिवार नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागेको विषय जानकारी गराउन पाउँदा अत्यन्तै हर्षित भएका छौँ ।
नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न यसअघि पनि कैयनपटक सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेका हामी दशैंलगत्तै अब थप दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्दै छौँ ।
आगामी दशैंको टिकालगत्तै असोज ३० गते अर्थात् अक्टोबर १६ बाट ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो ।
भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको छ ।
त्यसैगरी नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तब्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ ।
नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुबै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ ।
हामीले भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेका छौँ । उक्त मुल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।
भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तब्यहरुमा घुमाइनेछ । पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ठ पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइनेछ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ठ गन्तब्य हा लोङ बे मा क्रुज सफारी हुनेछ । भ्रमणको चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौ दिन नेपाल फर्काइनेछ ।
कुल १ लाख ९ हजार ९९९ रुपैयाँको टुर प्याकेज भएपनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा पनि घुम्न पाइनेछ । १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था हामीले मिलाएको छौँ ।
हामीले अघिल्लो वर्षदेखि नै नियमितरुपमा चार्टर उडान गरी पर्यटक आदानप्रदान गरिरहेको यहाँहरुलाई अवगत नै छ । त्यसैको निरन्तरता स्वरुप दशैंलगत्तै थद दुईवटा उडान गर्न लागिएको हो । भियतनाम घुम्न चाहने यात्रुहरुलाई जति सक्दो छिटो आफ्नो सिट सुरक्षित गर्न हामी अनुरोध गर्दछौँ ।

Facebook Comments Box