तीज पर्वले समृद्धिको सन्देश दिनुपर्दछः मन्त्री भट्टराई

आर्थिक मनोरन्जन समाचार

गण्डकी, १५ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजमा प्रस्तुत गरिने गीतले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सन्देश दिनुपर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१७ द्वारा आज आयोजित वडास्तरीय तीज गीत प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले तीज गीतमार्पmत मौलिक परम्परा र संस्कारको रक्षा गर्नुमा जोड दिनुभयो ।

“विगतमा महिलाहरूले गीतका माध्यमबाट आप्mना पीडा र वेदनालाई प्रस्तुत गर्ने एउटा माध्यम बनेको थियो”, उहाँले भन्नुभयो, “अबका दिनमा तीज गीतमार्पmत मुलुकका विद्यमान विकृति र विसङ्गतिको अन्त्य गर्दै उत्पादन र रोजगारसँग जोडिन प्रेरित गर्नुपर्दछ ।”

मुलुकको परीक्षा प्रणालीमा सुधार गरेर शिक्षालाई उद्योग स्थापना गर्दै रोजगारीको सिर्जना नगरेसम्म युवालाई स्वदेशमा रोक्न नसकिने बताउँदै मन्त्री भट्टराईले त्यसका लागि तीनै तहका सरकार र स्थानीय उद्योगी व्यवसायी जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । कृषि र पर्यटन विषयमा रचना गरिएका गीत प्रस्तुत गरिने प्रतियोगितामा २५ टोलीको सहभागिता रहेको वडाअध्यक्ष राधिका शाही योगीले जानकारी दिनुभयो ।

Facebook Comments Box