काठमाडौँ, ६ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रियुगा नदीको बाढीले पु¥याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री खड्काले आज उदयपुरस्थित त्रियुगा, बरुवा, कोसी नदीलगायतमा आएको बाढीले पु¥याएको कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा मन्त्री खड्काले सीमित स्रोत र साधनका बीच जनताको आवश्यकतालाई पूरा गर्न सरकार प्रयत्नरत रहेको बताउनुभयो । उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएकाले सरकारले जनताको आकाङ्क्षालाई क्रमागत ढङ्गले सम्बोधन गर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री खड्काले वर्तमान सरकार जनताप्रति उत्तरदायी रहेको बताउनुभयो । उहाँले स्थानीय तहमा देखिएका समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गरेर केन्द्र सरकारले काम गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवं उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा नारायण खड्काले त्रियुगा नदीले उदयपुरमा बर्सेनि ठूलो समस्या उत्पन्न गराउँदै आएकाले उक्त समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
निरीक्षणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरीता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, जलस्रोत तथा सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्ट, बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।