विकासका गतिविधि आवश्यकतामा आधारमा अगाडि बढाउँछौः उपप्रधानमन्त्री सिंह

आर्थिक मुख्य समाचार राजनीति

भक्तपुर, १० असोजः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले विकासका गतिविधिलाई आवश्यकताका आधारमा अगाडि बढाउने बताउनुभएको छ ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको कार्यालयमा आज साँझ भएको कांग्रेस नेताहरूबीचको छलफलका क्रममा उहाँले सार्वजनिक जग्गाको संरक्षण, सार्वजनिक सडक विस्तार गर्न र हनुमन्ते करिडोर निर्माणलाई पूर्णता दिन आवश्यक रहेको बताउनुभयो ।

सरकारका कार्यवाहक प्रधानमन्त्री समेत रहनुभएका उहाँले समेत रहनुभएका सिंहले खोलाको २० मिटरको मापदण्डले भक्तपुरमा पार्ने असरबारे जानबारी लिनुभएको थियो ।

त्यस अवसरमा सांसद दुर्लभ थापा, मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, कांग्रेस प्रदेशसभा क्षेत्रका सभापति एवं हनुमन्ते खोला करिडोर पीडित समितिका संयोजक ओमप्रकाश श्रेष्ठ, कांग्रेस मध्यपुरथिमिका नगर सभापति हरिदास प्रजापति, नेपाल किसान महासङ्घ भक्तपुरका अध्यक्ष इन्द्रबहादुर प्रजापतिलगायतले खोलाको नयाँ थप २० मिटर मापदण्डले भक्तपुरवासीमा पार्ने नोक्सानी र हनुमन्ते करिडोर निर्माणले स्थानीय जग्गाधनीलाई पार्ने असरबारे उहाँलाई जानकारी गराउनुभएको थियो ।

भक्तपुरको समग्र विकास र योजनाका खाका ल्याउन आग्रह गर्दै बजेटका लागि आश्वयक व्यवस्थापन गर्ने उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

Facebook Comments Box