मेलम्चीका स्थानीय आपूर्तिकर्तालाई रकम दिलाउन पहल गर्ने मन्त्री यादवको प्रतिबद्धता

आर्थिक समाचार

काठमाडौँ, १५ असोजः खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी ९सिएमसी०लाई सामग्री आपूर्ति गर्ने स्थानीय आपूर्तिकर्ताले पाउनुपर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन पहल गर्ने बताउनुभएको छ ।

आज मन्त्रालयमा स्थानीय आपूर्तिकर्ता तथा बाहुनपाटी स्थानीयसँगको छलफलका क्रममा मन्त्री यादवले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “सिएमसीले काम छोडेर गएपछि ठेक्का पनि तोडिएको छ, तपाईहरुले पाउनुपर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन म सहित सिङ्गो मन्त्रालय पहल गर्ने छ ।” यसैगरी मन्त्री यादवले मेलम्चीको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी ९सिएमसी० ले भाडा नदिएका कारण मेलम्ची क्षेत्रका जनताहरुलाई दुःख भएको विषयमा आफु निकै चिन्तित बनेको बताउनुभयो ।

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले सिएमसीले स्थानीय आपूर्तिकर्तालाई करिब चार वर्षको घरजग्गा भाडा र आपूर्ति गरिएको सामग्रीको रकम दिन समेत बाँकी देखिएको बताउनुभयो ।

Facebook Comments Box