गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री सिंह

आर्थिक समाचार

बारा, १२ मङ्सिरः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा मङ्सिर १ गतेदेखि सुरु भएको विश्वप्रसिद्ध गढिमाई मेलाको आज अवलोकन तथा निरीक्षण गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री सिंहले मेलालाई सफल बनाउन प्रदेश सरकार लागिपरेको र यहाँ आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभयो । उहाँले आफू नेतृत्वको वर्तमान सरकारको आयुका बारेमा विभिन्न कोणबाट टिप्पणी भइरहे पनि सरकार निरन्तर रहने बताउनुभएको थियो ।

Facebook Comments Box