सन्तोष खड्का
सौल/ दक्षिण कोरिया ।
माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूको सक्रिय सहभागितामा नेपाल-कोरिया व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्कको हस्ताक्षर डिसेम्बर १९ तारिक बिहिबारका दिन सौलमा एक समारोहका बिच समपन्न भएको छ।
गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री माननीय दामोदर भण्डारी र वहाँका दक्षिण कोरियाली समकक्षी तथा उधोग मन्त्री चेओङ इन-क्यो बीच द्विपक्षिय व्यापार तथा लगानी प्रवर्दन फ्रेमवर्कमा हस्ताक्षर भएको हो।
उक्त अवसरमा मन्त्री भण्डारीले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको महत्वपूर्ण अवसरमा हस्ताक्षर भएको TIPF सम्झौताले दुई देश बीचको कुटनितीक, सास्कृति र आर्थिक सम्बन्धहरू नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नु भयो। त्यसैगरी वहाले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न सरकार प्रतिबद्द रहेको समेत वताउनु भयो। त्यसैगरी, उहाका समकक्षी उधोग मन्त्री चेओङ इन-क्योले दक्षिण कोरियालीहरु नेपालमा सञ्चालन भएका जलविद्युत, Automobile assembly लगायतका बिबिन्न क्षेत्रमा भएका लगानी तथा कार्यहरूको चर्चा गर्दै सर्वोच्च शिखर सगरमाषाका प्रथम आरोही एडमण्ड हिलारीले तेन्जिमा नोर्गे शेर्पा सँग को सहकार्यमा सगरमाथाको सफल आरोहण गरेको उदाहारण दिनुहुँदै कोरिया र नेपाल एक अर्काको सहयात्री बन्नुपर्ने धारण राख्नुभएको समेत राख्नुभयो।
नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी एंव लगानी बोर्डका प्रमुख व्यावसाथीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको लगानीको वातावरण र अवसरहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय द्विपक्षीय व्यापार महाशाखाका प्रमुख नेपान सरकारका सह-सचिव राजुराम अधिकारील नेपालको व्यापार सम्बन्धी विद्यमान नीति तथा सो सम्बन्धमा एन भइरहेका सुधारका विषयमा प्रस्तुतीकरण गरेका थिए।
कोरिया नेपाल विजनेश फोरमको उक्त कार्यक्रममा नेपालको सरकारी पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, लगानी बोर्ड, दक्षिण कोरिया स्थित नेपाली राजदूतावास, ब्यबसायीहरुको तर्फबाट नेपाल उद्योग वाणिय महासंघका अध्यक्ष चन्द्र ढकाल सहित करिव ३० जना उद्योगी व्यावसायीको सहभागिता रहेको थियो।
यो कार्यक्रमले नेपाल र कोरिया बीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको लागि महत्वपूर्ण योग्दान दिनुको साथै यस ऐतिहासिक क्षणले दुई देशबीचको आर्थिक साझेदारी र व्यापार सम्बन्धलाई थप सुदृढ बनाउने यस क्षेत्रका जानकारहरुले बताएका छन्।