जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा निषेध गर्न आग्रह

आर्थिक समाचार

महेन्द्रनगर (धनुषा), १६ पुस : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा उत्पादन, बिक्रीवितरण र उपभोग निषेध गर्न आग्रह गर्नुभएको छ । यसलाई कडाइका साथ पालना गर्न उहाँले जोड दिनुभयो ।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा कायम राख्न मासु मदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आग्रह गर्नुभएको छ । सो क्षेत्रमा मासु र मदिरा निषेध कडाइका साथ कार्यान्वयन गर्न प्रदेश सरकारले स्थानीय तहका साथै सरोकारवालासँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटनलाई जोगाउन पनि मासु र मदिरा निषेध गर्न जनकपुरधामवासीले चासो लिनुपर्छ”, उहाँले भन्नुभयो–“जनकपुरधामको परिक्रमा सडक क्षेत्रमा मासु र मदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले इजाजत दिँदैनन् । तर अनुमतिबिना किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण छ ।”

Facebook Comments Box