राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन – २०८१ फागुन १६ र १७ मा बृहत कार्यक्रम गर्ने घोषणा

आर्थिक प्रवास वैदेशिक रोजगार

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन – २०८१ आउँदो फागुन १६ र १७ मा बृहत कार्यक्रम गर्ने घोषणा गरेको छ । उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने, आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह÷अन्तर– निकाय समन्वय र सहकार्य स्थापना गर्ने रोजगार सम्मेलनको प्रमुख उद्देश्य रहेको छ ।

दुइ दिन सम्म चल्ने यस सम्मेलनमा श्रमिक, रोजगारदाता, अनुसन्धानकर्ता लगायत यस क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरुबाट सरकारलाई विभिन्न विषयहरुमा प्राप्त हुने सुझावलाई यस मन्त्रालयले अवलम्बन गर्ने आगामी नीतिगत र कानूनी सुधारमा पृष्ठपोषणको रुपमा आन्तरिकीकरण गर्नेछ। विशेष गरी वैदेशिक रोजगार ऐनको परिमार्जन, राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन र सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार वोर्डको सुधारका लागि मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनमा समेत यस सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवद्र्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम निर्देशक डण्डुराज घिमिरे ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता÷विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी यो सम्मेलनमा करिब ५०० जनाको उल्लेखनीय सहभागिता रहनेछ। यस सम्मेलनमा कार्यपत्र प्रस्तुतीकरण र एबलभ िम्ष्कअगककष्यल को माध्यमबाट गहन अन्तरक्रिया हुनेछ । आन्तरिक रोजगार प्रवद्र्धनका लागि उत्पादन र उत्पादकत्व प्रणालीमा रुपान्तरण र नेपालमा आप्रवासन प्रकृया र आप्रवासन सुशासनका आयामहरु विषयमा अनुसन्धानमूलक कार्यपत्र र विषयविज्ञहरुको समेत प्रस्तुतीकरण हुनेछ ।

पाँचौ संस्करणको यस राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन मन्त्रालयले २०५४ साल देखि चार पटक यस्ता कार्यक्रमको आयोजना गरिसकेको छ। सम्मेलन स्थलमा मन्त्रालय, निजी क्षेत्र तथा अन्य विकास साझेदारहरुको स्टलमार्फत् समेत श्रम तथा रोजगार सम्मेलन सम्बन्धी सूचना तथा जानकारी दिईनेछ । श्रम तथा रोजगार सम्मेलनले विभिन्न अन्तर सम्बन्धित विषयमा श्रमिक, रोजगारदाता र सरकारका अतिरिक्त यस क्षेत्रका विज्ञ, अध्ययन अनुसन्धानकर्ता र नीति निर्माताहरुको समेत सहभागितामा बृहत छलफलको अवसर प्रदान गर्नेछ । यस सम्मेलन श्रम तथा रोजगारीको विषयमा मात्रै सीमित नभएर समग्र अर्थतन्त्र, क्षेत्रगत नीति तथा श्रमिक र रोजगारदाता, श्रमशक्तिको माग र आपूर्तिको विश्लेषणमा केन्द्रित रहने मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बताउनु भयो ।

विभिन्न निकाय तथा सरोकारवाला संघ÷संस्थाका प्रतिनिधि सदस्य रहने गरी यस मन्त्रालयका सचिवको संयोजकत्वमा आयोजना मूल समिति, प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशकको संयोजकत्वमा तयारी समिति र मन्त्रालयका महाशाखा प्रमुख एवं मातहत कार्यालयका प्रमुखको संयोजकत्वमा ७ वटा उपसमितिहरु गठन गरी सम्मेलन तयारीको कार्य अगाडि बढिरहेको छ ।

साथै सम्मेलनको उद्देश्य हासिल गर्न तयार गरिएको कार्यान्वयन कार्ययोजनाको उपलब्धीबारे सञ्चार माध्यमलाई थप जानकारी प्रदान गरिनेछ । कार्यक्रममा मन्त्रालयका विभिन्न निकायका प्रतिनिधीहरु,K–HaMi Project, SAMI, REMI, UNDP लगायतका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box