धनकुटा, १८ पुस : धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा आयोजित तीन दिने भेटेटार खाना महोत्सव सम्पन्न भएको छ ।
होटल एशोसिएशन भेडेटारको आयोजनामा यही पुस १६ गतेदेखि सुरु भएको १२औँ महोत्सवमा रु एक करोड ५० लाखभन्दा बढीको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिनुभयो । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा आयोजित उक्त महोत्सवको पूर्वीभारत र नेपालका गरी झण्डै ५० व्यक्तिले अवलोकन गरेका थिए ।
महोत्सव अवलोकन गर्न आउनेहरुले भेडेटारसहित त्यस आसपासमा रहेका नमस्ते झरना, नाम्जे गाउँ, साँगुरीगढीलगायत स्थानको भ्रमण गरेका थिए ।
Facebook Comments Box