ORAL SCREENING PROGRAMME सम्पन्न

स्वास्थ्य/शिक्षा

प्रकाश

ईलाम।

२०७९ भदौ १७ गते शुक्रबार ,हिमाल डेन्टल केयर बिर्तामोड,झापा मुख्यालयका डा. आशिष भण्डारी,डा. जागृती रिजाल डा. स्वेता चौधरी तथा पुरुषाेत्तम भण्डारी, करिना पराजुली, रबिना राई र मनिसा राइको उपस्थितिमा श्री ज्योति माबी ,सुर्योदय- १३, लक्ष्मिपुर ईलाममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष दिननाथ मिस्रको अध्यक्षता एबम सुनपा १३ का वडाध्यक्ष हेम बहादुर आचार्यको प्रमुख आतिथ्यमा र वडा सदस्यहरुको उपस्थितिमा ORAL SCREENING PROGRAMME सभ्य र भब्य तरिकाले सम्पन्न भएको छ।

बिधालयका कक्षा १ देखी १२ सम्मका सम्पुर्ण बिद्यार्थीहरु तथा सुनपा १३ का सम्पुर्ण दाँत , मुख र स्वास सम्बन्धि समस्याहरुको निशुल्क परिक्षण गरिएको थियोे।हिमाल डेन्टल केयरका डा. आशिष भण्डारीका अनुसार यस्ता शिबिरहरुको आयोजनाबाट त्यस क्षेत्रका मानिसहरूलाई समयमै दात तथा स्वास सङ्ग सम्बन्धित समस्या थाहा हने र उपचारमा सल्लाह र सहजता प्रदान हुने साथै आवस्यक पर्दा स्वास्थ मन्त्रालयलाई पनि मानिसहरूको स्वास्थ सम्बन्धि सूचनाहरु बुझाउन सकिने कुराको जिकिर गरे।

Facebook Comments Box