–प्रकृति कडेँल
धर्ती ! मेरी आमा तिमीले मलाई जन्म दियौ
जन्मेपछि बचाउनेजिम्मा तिमीआफैले लियौ
दशधारा दूध पिलाई तिमीले मलाई बचायौ
तिम्रो ढुकढुकीको तातोले मिठोनिन्द्रादिलायौ
तोते बोली बोल्न पनि तिमी आफैले सिकायौ
कोखाई कोखाई भनी अन्न खान पनि सिकायौ
ताती ताती भन्दै हिड्न मलाई तिमीले सिकायौ
मेरो सुरक्षा जति सबै तिमी आफैले मिलायौ
मलाई हुर्काउन अनगिन्ती दु:ख कष्ट उठायौ
म बिरामी पर्दा भोक प्यास निन्द्रा सबै पचायौ
मेरापाखुरी बलियापार्न पोसिलोखाना खुवायौ
मैले घुर्कीलाइ नखाँदा मधुर बोलीले फकायौ
संसार सत्य झुट केहो त्यो सबै तिमीले बुझायौ
मेरा लागि ढोड होइन सतिसाल बनी रमायौ
माया दया विवेक केहो सबै तिमीले पढाँयौ
जीवनकोरंगरंगमा तिम्लेमलाईमिलाई दियौ
कुनै दिन सबैले संसार छोड्नुपर्छ भनी बुझायौ
मैले सेवा गर्न नपाई तिमी संसारबाट हरायौ
अहिले तिमीले गरेकासंघर्ष संझन्छु रातोदिन
तिमीलाई कतै नपाउँदा ब्याकुल हुन्छु छिनछिन