पाकिस्तान नियन्त्रित कश्मिरमा अति प्राचीन असङ्ख्य बौद्ध कलाकृति, शिलालेख र ऐतिहासिक-सांस्कृतिक धरोहरहरु नष्ट गर्ने गरी कम्युनिस्ट चीनको सहयोगमा दियामर-भाशा डैम बाँधको निर्माण हुन लागेकोमा नेपाल रिपब्लिक पार्टी तीव्र आपत्ति व्यक्त गर्दछ! गिलगित-बल्तिस्तान क्षेत्रमा निर्माण हुने उक्त बाँधले सात हजार वर्ष अघिका पाँच हजार भन्दा बढी पुरातात्विक महत्वका शिलालेख र कलाकृतिहरू मात्र होइन, सांस्कृतिक-पुरातात्विक वैभवले सम्पन्न एउटा सिङ्गो गाउँ नै डुब्ने छ! बिशेषतः प्राचीन बौद्ध धरोहर भएपनि उक्त सम्पदाले बौद्ध-हिन्दू धर्म-संस्कृतिका साथै मानवीय इतिहास र संस्कृतिकै संरक्षणका दृष्टिले महत्व राख्दछन्! यस्तो अवस्थामा बौद्ध-हिन्दू धर्म-संस्कृतिको विरोधी पाकिस्तान र कम्युनिष्ट चीनको साठगाँठमा उक्त बाँधको निर्माण गरिनु ज्यादै आपत्तिजनक छ!
नेपाल रिपब्लिक पार्टी उक्त ठाउँमा उक्त बाँध निर्माण कार्य तत्काल रोक्न पाकिस्तान र चीन सरकार दुवैलाई आग्रह गर्दछ! बाँध निर्माण आवश्यक नै भएमा उक्त स्थान भन्दा तल वा माथि यस्तो ठाउँमा निर्माण गरिनुपर्छ जसले उक्त सम्पदालाई क्षतिग्रत र विनष्ट नबनाओस! हाम्रो पार्टी यसबारे नेपाल सरकार, नेपालका बौद्ध-हिन्दू समुदाय र समग्र प्रजातान्त्रिक विश्वको ध्यानाकर्षण गराउन चाहन्छ! धर्म, संस्कृति र मानवीय इतिहास प्रति आस्था राख्ने प्रत्येक देशका र प्रत्येक समुदायको उक्त स्थानमा सो बाँध निर्माण प्रति आपत्ति रहेको छ! बाँध उक्त स्थानबाट हटाइएन र धर्म-संस्कृति विरोधी कम्युनिष्ट चीनको उक्साहटमा पाकिस्तानले उक्त विवादित स्थानमै बाँध निर्माण गर्यो भने यसको गम्भीर परिणाम उसले भोग्नु पर्ने समेत नेपाल रिपब्लिक पार्टी चेतावनी दिन चाहन्छ!
सिद्धार्थ गौतम
प्रेसिडेन्ट
नेपाल रिपब्लिक पार्टी