सम्बन्धमा अल्झिएकाे जिवन 

विचार/अन्तर्वार्ता

सिर्जना खड्का 

जिवनमा हाम्रो जन्म हुनु भन्दा अगाडि नै धेरै सम्बन्धहरू हामी सङ्ग जाेडिएका हुन्छन् । मेराे जन्म हुन्छ भन्ने खुसीको मेराे जन्म पछि हुने सम्पुर्ण सम्बन्धमा खुसीको माहोल ल्याउने गर्छ । सम्बन्ध जिवनमा यसरी जाेडिएकाे छ न जिवन बिना सम्बन्ध हुन्छ न त सम्बन्ध बिना जिवन ।
जिवनकाे हरेक माेडहरूमा धेरै सम्बन्धहरू जाेडिन पुग्छन् र साथै कति सम्बन्ध छुटेर पनि जान्छन् । यस्ता कति सम्बन्ध हुन्छन् जसकाे आवश्यकता हामीलाई जिवनभर हुन्छ । (आमा बुबाकाे) जसले हामीलाई जिवनमा अगाडि बढ्दै जान हाैसला पुराउछँ । मेराे जिवनकाे सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध नै मेरा आमा बुबा, दिदि ,भाइ, साथी सङ्गकाे हाे। जसले मेराे जिवनभर साथ दिई रहने छन्। म जन्मिने बित्तिकै मेराे आमा बुबाले मलाई आफ्नाे सम्पुर्ण माया दिएर हुर्काउनु भयाे दिदी भाईले माया खुसी दिए साथी ले साथमा जिउन सिकाए ।
परिवार बाहेक अरू कसै सङ्ग जाेडिएकाे सम्बन्ध कहिले मनमा भारी पन नमिठाे याद छाेडेर जाने गर्छ र याे सम्बन्धलाई जति आफ्नाे जिवन बाट टाढा लान खाेजे पनि त्यो सम्बन्ध आफु सङ्गै जाेडिएकाे हुन्छ । लाग्छ कहिले याे सबै सम्बन्ध बाट छुटेर टाढा गहि बसु तर त्यहाँ पनि जिवन जिउन र बाच्नकाे लागि नयाँ सम्बन्धहरू जाेड्नु पर्छ । टाढा जाउँ याँ यहि बसु सम्बन्ध त निभाउनु नै छ । जिवनकाे हरेक मेडमा कति सम्बन्धले साथ दिन्छन् त कति सम्बन्धले साथ छेड्ने गर्छन् । कसै सङ्ग एकै पलमा सम्बन्ध यति खास भईदिन्छ कि त्यो सम्बन्ध छुटेपछि दुनियाँ काे सबैभन्दा भन्दा ठुलो दु:ख मलाई नै पर्याे किन यस्तो हुन्छ मलाई नै भन्ने जस्ता कुराहरू मनमा आईरहन्छन् । त्यो सम्बन्ध बाट अगाडि बढे पनि जिवनकाे कुनै माेडमा त्याे छुटेकाे साथ सम्बन्धकाे कमि जिवनमा र मनमा अनुभव हुन्छ ।
जिवनकाे अहिले सम्मकाे हरेक माेडमा धेरै सम्बन्धहरू जाेडिएर आए र कति सम्बन्ध छुटेर गहे । लाग्छ छुटेर गहेका कति सम्बन्धहरू लाई मैले मनका साथ निभाउन सकिन हाेला र कति सम्बन्ध जिवनकाे त्यही माेड सम्मकाे लागि मात्र थिए हाेलान् ।

हाम्राे जिवनमा नजिककाे सम्बन्ध नै आमा बुुवा , दिदी, भाई ( एक अर्थमा भन्दा परिवार ) हुनुहुन्छ । जस्मा कहिले सम्बन्ध बिगरिन्छ त कहिले सम्बन्ध राम्रो हुन्छ ।जसलाई बुझेर जिवनमा अगाडि बढ्नुपर्छ ।परिवारकाे सम्बन्ध नै जिवनकाे आधार हाे।

सम्बन्ध जिवनलाई अगाडि बढाउने एक पाटाे हाे जसमा हामी सधैं रहिरहन्छै । हरेक सम्बन्धलाई मन बाट स्विकारेर त्यसकाे आदर गरि सम्बन्ध निभाएमा सम्बन्ध जिवनभर रहिरहन्छ । सम्बन्ध जिवनकाे जन्म देखि मृत्यु सम्म रहन्छ । यदि जिवनकाे हरेक सम्बन्ध हासाे खुसी ले भरिन्छ भने जिवन जिउनुकाे मजा नै छुट्टै हुन्छ। त्यसैले जिवनकाे हरेक सम्बन्धलाई यसरी महत्त्व दिएर निभाउनुहाेस कि जिवनकाे हरेक माेड खुसीले भरियाेस ।

Facebook Comments Box