मनका भावना

विचार/अन्तर्वार्ता

सिर्जना खड्का 

मनमा रहेका छन् कति व्यक्त गर्न नसकिएका भावहरू जसलाई कसैसँग भन्न पनि डर लाग्छ । मनमा एक सपना सरी झसङ्ग गराउने मिठाे नमिठाे भावनाकाे उल्झन छ । कसै सङ्ग भन्न नसकिएका भाव छन् । जसलाई आफै सङ्ग व्यक्त गर्न पनि मन डराउने गर्छ । मनमा नमिठाे पलकाे याद गासिएको छ। मनमा भावनाकाे तरङ्ग गुजरिन्छ ।
हरेक रात मनमा नयाँ व्यक्त विचारकाे पहिराले मनलाई समाउछँ । मनमा असामान्य व्यक्तकाे विचारले मन खल्बलाउछँ । मनमा रहेका राम्रा नराम्रा भावले भविष्य लाई आतङ्क तर्फ तानिरहेछ । मनमा तरङ्गित भएका भावना साेच्दा साेच्दै कति रात साेचमै बितने गर्छन् ।

बिहानिकाे उज्यालो रङ्गले मनलाई शान्त पार्छ । मनमा हर्ष,खुसी तथा नयाँ पनकाे आभास ल्याछँ । जसले हरेक दिनकाे सुरूवात देखि रात सम्मकाे समयमा मनमा चल्ने भावहरूलाई शान्त तुल्याउछँ । त्यो दिनकाे मिठाे पनकाे आभाषले मनकाे भित्री पन सम्म शान्त शितलता प्रदान गर्छ । थाहा छैन त्यो रातमा के छ जसले मनमा उठेका भावहरूमा विद्रोह काे सुरूवात गर्छ । मनमा उठेका कैयौं भावले धेरै प्रश्नको निर्माण गराउँछ ।

मेराे मन मलाई भनिदेउ कि यो मनमा आउने अनेकौं भावहरूलाई राेक्न मनकाे कुन ढाेका थुन्नु पर्छ । जसले गरेर मनमा केहि हलचह नहाेस । र त्यो रातहरू पनि जसरी बिहानिकाे उज्यालो आई मन शान्त हुन्छ त्यसरी हरेक रात पनि भावनाकाे विद्रोह बिना बिताेस ।

Facebook Comments Box