नेपाली कलालाई विश्वमा प्रचार गर्नु हाम्रो उद्देश्य हो: रामहरि गिरी

विचार/अन्तर्वार्ता समाचार

रामहरि गिरी, अध्यक्ष,अन्तर्राष्ट्रिय आर्ट एक्ट नेपाल समिति
/विश्वका चित्रकासँग सम्बन्धित व्यक्ति तथा संस्थाहरुको संगठन अन्तर्राष्ट्रिय आर्ट एक्टले नव निर्वाचित अमेरिकी राष्ट्रपति जोइ वाइडेनको सपथ ग्रहणको अवसर पारेका एक विश्वसम्मेलनको आयोजना ग¥यो । सो सम्मेलनमा नेपालको तर्फबाट रामहरि गिरीले प्रतिनिधित्व गर्दै सहभागीता जनाएका छन् । गिरी उक्त संगठन अन्तर्राष्ट्रिय आर्ट एक्ट नेपाल समितिका अध्यक्षसमेत हुन् । यसै सन्दर्भमा उनीसँग गरिएको छोटो कुराकानी :

तपाईंले केही दिन अघि एउटा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभयो, त्यस विषयमा जानकारी गराई दिनुहोस् न ?

— अमेरिकी राष्ट्रपति जोइ वाडेनको सपथ ग्रहणको अवसरमा आयोजना गरिएको विश्व स्तरीय कार्यक्रम हो । कार्यक्रमको बारेमा भन्नुपर्दा अन्तर्राष्ट्रिय आर्ट एक्टको संगठनमा आवद्ध रहेका सवै शाखा देशहरुको प्रतिनिधिहरु सहभागी भएको कार्यक्रम हो । संगठनको तर्फबाठ अमेरिकी राष्ट्रपति जोइ वाइडेनलाई शुभकामना दिनुका साथै आर्ट एक्टको कार्यदिशा र सम्बन्धित मुलुकको तर्फबाट परिचयात्मक कार्यक्रम पनि भएकाले त्यसमा सांगठतिक रुपमा नेपालको प्रतिनिधित्व गर्दै मैले सहभागीता जनएको हुँ ।

अन्तर्राष्ट्रिय आर्ट एक्ट कस्तो संस्था हो ?
— कला, संस्कृति साहित्य सिर्जना तथा सर्जकहरुको विश्व स्तरीय संगठनात्मक संस्था हो अन्तर्राष्ट्रिय आर्ट एक्ट । कला संस्कृतिका माध्यमबाट विश्वामा शान्तिको सन्देश प्रवाह गर्ने मुल उद्देश्य अनुरुप गठन भएको एक अन्तर्राष्ट्रिय संगठनको रुपमा आर्ट एक्टलाई लिन सकिन्छ ।

नेपालमा आर्ट एक्टको गतिविधि के-कस्तो छ ?
— नेपालमा आर्ट एक्ट संगठन गठन भएर सञ्चालन भएको करिव ३ महिता वितेको छ । यो अवधिमा आर्ट एक्टको सांगठनिक आधार तयार भएर चित्रकला र कलाकारहरु समेतको पहलमा एक समिति निर्माण गरियो । र सोही समितिलाई अनुमोदन गर्दै विश्व संगठनको अध्यक्ष डा. दिपाङ्कर रोयले नेपाल समितिको अध्यक्षमा मलाई मनोनयन गर्नुभयो । त्यसपश्चात् केही चित्रकला प्रतियोगिता र नेपाली कलाकारिताका विषयमा केही विचार गोष्ठिहरुको आयोजना गरियो । आगामि मार्चमा दुवईमा अन्तर्राष्ट्रिय आर्ट समिट हुँदैछ । अहिले त्यसको तयारीमा जुटिरहेका छौं । थप कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको छ ।

नेपाल जस्तो सानो देशमा यस्ता अन्तर्राष्ट्रिय संगठनको आवद्धताले कस्तो महत्व राख्दछ ?
— नेपाल एउटा सानो देश हो । तर यहाँको कला, साहित्य, भाषाको विविधता धेरै छ । अनेक भेष भुषा र संस्कृतिहरुले भरिपुर्ण देश हो हाम्रो । यसकारण हाम्रो कला संस्कृतिलाई विश्वजगतमा चिनाउन यस्ता अन्तर्राष्ट्रिय संगठनहरुको भूमिका ज्यादै महत्वपूर्ण हुन्छ । संगठनमा विश्वका ३५ देश संलग्न भएकाले हामीले नेपाली कलाकारहरुले तयार गरेका र प्रस्तुत गरेका कला र संस्कृतिको प्रचार ति सवै देशका कलाकार र कला प्रेमीहरु समक्षा प्रचार गर्न सक्दछौं । साथै ति मुलुकका कला संस्कृतिका विषयमा नेपाली कलाकार र नेपाली कला प्रेमीहरु समक्षा ल्याउन सक्दछौं । एक प्रकारको कल्चर एक्स्चेन्ज हुने भएकाले मित्रताको सेतु नै निर्माण हुनसक्छ । यसकारण पनि यो संगठनमा नेपाल सदस्य हुनु अत्यन्त महत्वपूर्ण छ भन्ने लाग्छ ।

आर्ट एक्टका आगामि कार्य योजनाका बारेमा संक्षेपमा बताई दिनुस् न ?
— निरन्तर रुपमा कला कार्यशालाहरु गर्दै जाने नै आर्ट एक्टको मूल उद्देश्य हो । आगामि मार्च महिनामा दुवईमा हुन लागेको अन्तर्राष्ट्रिय आर्ट समिटमा सहभागीता जनाउन तयारी गरिरहेका छौं । उक्त कार्यक्रममा नेपालका तर्फबाट नेपाली कलाकार र चित्रकलाहरु प्रदर्शन गर्नेछौं । छिट्टै विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको आयोजना गर्ने पनि तयारी भइरहेको छ ।

Facebook Comments Box