हाम्रा वरिपरी नै छन् क्यान्सर जस्ता भयानक रोग निको हुने औषधि

आर्थिक विचार/अन्तर्वार्ता समाचार स्वास्थ्य/शिक्षा

क्यान्सर भयावह रोग हो, जसको उपचार कठिन मात्र छैन, कतिपय अवस्थामा असंभव पनि । यद्यपी क्यान्सरको लक्षण सुरुवाती अवस्थामै थाहा भयो भने, उपचार हुन्छ । क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएकाहरु हाम्रै समाजमा धेरै छन् । क्यान्सर किन लाग्छ ? यसका अनेक कारण हुन्छन् । त्यसमध्ये पनि अस्वस्थ्य जीवनशैली मूख्य कारण मानिएको छ । जीवनशैली भन्नसाथ खानपान जोडिने भइहाल्यो ।
खानपानकै कारण क्यान्सर लाग्न सक्छ, क्यान्सर प्रतिरोधी गुण पनि खानेकुरामै हुन्छ । तर, सही खानेकुरा छनौट गर्नुपर्छ । हाम्रो भान्साकोठामा नै धेरै खानेकुराहरु छन्, जसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ । के हुन् त ती खानेकुरा ?
ग्रीन टी
एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण ग्रीन टीले शरीरलाई रोग प्रतिरोधी बनाउन सहयोग गर्छ । यसमा एक किसिमको पोषण तत्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । त्यसैले क्यान्सर प्रतिरोधी खानेकुरामा ग्रीन टि मूख्य मानिन्छ ।

तुलसी
तुलसीलाई ‘क्यान्सर किलर’ भने पनि हुन्छ । तुलसीको नियमित सेवनले शरीरका अनेक रोगहरु समाप्त हुँछन् । हरेक दिन तुलसीको २ वा ३ पत्ता खाने गर्नुस । यसबाट क्यान्सर त के ज्वरो पनि आउँदैन ।

गाईको दुध
गाईको दुधमा यति शक्ति हुन्छ कि यसले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउनुका साथसाथै हामीलाई कैयन रोगहरुबाट बचाउँछ । गाईको दुधको नियमित सेवनबाट हामी क्यान्सरलाई पर धकेल्न सक्छौ ।
बेसार
हाम्रो खानपिनमा बेसारको विशेष स्थान हुन्छ । यसको प्रयोग शुभ कार्यमा पनि गरिन्छ । बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । त्यसैले यसको नियमित सेवन गर्नुस । बेसारको नियमित सेवनले क्यान्सरलाई छेउछाउ आउन दिँदैन । पानी जतिसक्दो धेरै पिउने गरौं । दिनभरमा कमसेकम ३ देखि ५ लिटर त पिउनै पर्छ । फोहोर पानीको सेवनबाट भने बच्नुपर्छ किनभने यसले क्यान्सरलाई निम्तो दिन सक्छ । राति तामाको भाँडोमा पानी भरेर राख्नुस् । यसमा ३ वा ५ तुलसीको पत्ता हाल्नुपर्छ । बिहान खाली पेटमा यो पानी पिउने गरौं । क्यान्सरबाट बच्ने यो एकदमै प्रभावकारी उपाय हो ।
नीम
नीमलाई आयुर्वेदमा सर्वरोग नाशक भनिएको छ । नीममा क्यान्सरसँग लड्ने शक्ति पनि हुन्छ । क्यान्सरको रोगीले यदि दैनिक नीमको ८ देखि १० पत्ता खुवाउने हो भने उसको स्वास्थ्यमा चाँडै सुधार देखिन थाल्छ ।
सोयाबिन
सोयाबिनमा क्यान्सरसँग लड्ने शक्ति हुन्छ । यसमा हुने ओमेगा ३ ले शरीरमा पोषक तत्व पु¥याएर क्यान्सरको प्रारम्भिक लक्षणहरुलाई पहिले नै रोकिदिन्छ । त्यसैले भोजनमा भोजनमा सोयाबिन बढिभन्दा बढि प्रयोग गर्नुस । यसले ट्यूमरलाई बढ्न दिँदैन ।
दही
दहीले आन्द्रामा हुने क्यान्सरबाट बचाउँछ । दहीमा हुने ब्याक्टेरिया क्यान्सरबाट लड्न सहयोगी हुन्छ । यसले शरीरमा क्यान्सर बढ्नबाट रोक्छ ।
नरिवल पानी
नरिवल पानीको सेवनले आन्द्रा र कलेजोको क्यान्सरमा फाइदा मिल्छ । साथै यसले क्यान्सरको सम्भावनालाई पनि घटाउँछ । त्यसैले नियमितरुपमा नरिवल पानीको सेवन गर्नुस ।
बेल
बेलको जुस पनि क्यान्सर रोक्न प्रभावकारी हुन्छ । यसको सेवनले ब्लड क्यान्सर र हड्डीको क्यान्सरको प्रभाव कम भएर जान्छ ।
गाजर
गाजरको सेवन स्वास्थ्यका लागि जति फाइदाजनक छ । क्यान्सरको रोकथामका लागि पनि त्यत्तिकै असरदार छ । गाजललाई सलादको रुपमा खाए पनि हुन्छ, जुस बनाएर पिए पनि हुन्छ ।
लसुन
क्यान्सरको रोगहरुका लागि लसुन एउटा औखति जस्तै हो । क्यान्सरका रोगीहरुलाई यदि लसुन पिसेर पानीमा घोलेर खुवाइयो भने यसबाट क्यान्सर भएकाहरुलाई औधि फाइदा पुग्छ । क्यान्सरबाट बच्नका लागि लसुनको पानी जसले पिए पनि हुन्छ । टमाटरमा हुन प्रोटिनले शरीरमा क्यान्सरको प्रभावबाट हुने खतराहरु कम गर्छ । त्यसैले आफ्नो दैनिक खुराकमा टमाटरलाई समावेश गर्न बिर्सनु हुन्न ।
कागति
कागतिको रस क्यान्सर रोगीहरुका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवनबाट शरीरमा क्यान्सर लाग्न पाउँदैन ।
अंगुर
अंगुरको सेवन वा अंगुको जुन पिउनाले पनि क्यान्सरलाई रोक्न सकिन्छ ।
अदुवा
अदूवाको रस दिनमा दुईपटक दुई चम्चाको मात्राले सेवन गर्दा क्यास्रबाट निक राहत प्राप्त हुन्छ ।
खानेकुराकै कारण क्यान्सर हुनसक्छ । कतिपय खानेकुरा, जो क्यान्सरको कारण बन्न सक्छ । के हुन् त ति ?
सुर्तिको सेवन – चुरोट पिउँदा फोक्सोको क्यान्सर, किड्नीको क्यान्सर ब्ल्याडरको क्यान्सर र गर्भाशयको क्यान्सर हुन सक्छ । सुर्ति र गुट्खा खाँदा मुख र पाचन ग्रन्थिमा क्यान्सर हुन सक्छ । क्यान्सरमा ९० प्रतिशत घटनामा यसको सबैभन्दा ठूलो कारण चुरोट वा सुर्ति नै रहेको पाइएको छ ।
बिडी वा चुरोट– बिंडी वा चुरोट पिउँदा शरीरमा क्यान्सर उत्पादक तत्व प्रवेश गर्छन् । यी तत्वले स्वस्थ कोशिकाहरुलाई रोगी कोशिकाहरुमा बदलिदिन्छन् र यही कोशिकाहरु क्यान्सरमा परिणत हुन्छन् ।
अस्वस्थ्यकर खाना– कुहिएको, बासी, सडेगलेको, तारेको, भुटेको, मसलेदार खानेकुरा क्यान्सरको कारण बन्छ ।
फिटनेसका लागि यो आवश्यक छ कि जति क्यालोरी खानामा लिइन्छ, त्यसको प्रयोग हुनुपर्छ, अन्यथा शरीरमा बोसो जम्न थाल्छ र मोटोपना बढ्न थाल्छ । मोटोपनाको कारणले मूत्राशयको क्यान्सर, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर आदिको खतरा बढेर जान्छ । त्यसैले व्यायाम गरौं, शारीरिक श्रम गरौं ।
शरीरलाई रोगबाट बचाउनका लागि, फिटनेसका लागि र दिनभर कामका लागि आवश्यक उर्जा पाउन पौष्टिक आहार आवश्यक हुन्छ । पौष्टिक आहारको अर्थ फल, सागपात, दूध, अन्डा र ड्राइ फ्रुट्स हो । यसका अलावा पनि खाने हो, त्यसको गुणस्तर र सरसफाईमा ध्यान दिनुपर्छ ।
सुर्यको किरण शरीरका लागि फाइदाजनक हुन्छ, तर, एउटा सिमासम्म मात्र । ओजन तहमा प्वाल हुनाले घामको साथमा हानिकारक अल्ट्राभ्वाइलेट किरणहरु पनि आउँछन् जो शरीरका लागि हानिकारक हुन्छन् । यी किरणहरुको सम्पर्कमा लामो समय रहँदा स्किन क्यान्सरको खतरा पैदा हुन्छ ।

Facebook Comments Box