–राम कुमार पुरी
केन्द्रीय समिति सदस्य, जनता समाजबादि पार्टी नेपाल ।
नेपालमा अहिले भैरहेको अस्तब्यस्त र अव्यवस्थित राज्य दोहनको आडमा भैरहेको राजनीति बजारीकरण, बैदेशिक रोजगारबाट आएको रेमिट्यान्स र जनताबाट उठेको कर तथा थाप्लो थापेको ऋणमाथि राजनीतिको नाममा नेताहरुको खुलेआम रजाइँ रोक्न जरुरी छ । विभिन्न पार्टी संघ संस्था र स्वयं राज्यसंचालनको आधिकार पाएकाहरुले इतिहासदेखि वर्तमानसम्म राज्यससंचालन, देश विकासमा होइन, मनोमानी ढंगबाट राज्यदोहनमै समय खर्च गरेको पाइन्छ । कयौं नेपालीहरुको बलिदानीपूर्ण संघर्षबाट आर्जित र संरक्षित राज्यमा र गरीब नेपालीहरुको रगत र पसिनामाथिको यो व्यभिचारी तथा अत्याचारी नाङ्गो नाच कहिलेसम्म रहने ? कहिलेसम्म नेपाली जनताले सहने ? पछिल्लो समयमा लोकतन्त्रको नाममा नदीनाला, जमिन, जंगल उद्योग, कलकारखाना, सम्पदा, खनिज,जडिबुटी लगायतका नेपालीहरुको स्वाभिमान समेत बेचेर कुम्ल्याउन पल्केकाहरुले सबैखाले संरचनाहरु ध्वस्त पारिरहेका छन ।
अरबौँ अरब खर्च गरेर बनाएको संविधानलाई समेत महत्व नदिएर मनोमानी ढङ्गले देश लुट्ने र आफुले लुट्न बाँकी रहेका कार्यर्ताहरुलाई लुट्न लगाउने परिपाटी नै बसिसकेको छ । कार्यकर्ताको नाममा झोले, झ्याम्टे, ठग, लुटेराहरुलाई बाँड्ने र भोजभतेर लगाउने काम भैरहेको छ । फेरि पनि राज्यदोहनको सम्पतिले पार्टीबाट टिकट किनेर यिनै राज्यदोहनमा माहिर र गरीब नेपालीहरुलाई उठ्न समेत नदिने पेलाहा र फटाहाहरु नेपाल आमाको अस्तित्व माथि खेल्बाडमा पल्केका दलबहादुरहरु नै चुनावमा जाने हुन, दुई टुक्रा मासु र एक गिलास ठ¥रादेखि प्रतिभोट लाखौँखर्च साथै नाना थरी टिकडम गरी जितेको नाममा राज्यदोहन गर्न फर्किने हुन, राज्यदोहनबाटै ब्याजदेखि स्याज समेत आसुल्ने हुन ।
देशविकाश र समृद्धिको लागि प्रत्यक्ष निर्बाचित कर्यकारी प्रमुख अति अवस्यक भएको सर्वबिदितै छ । जबसम्म राजनिती पार्टीबाट पहुँच र पैसाको बलमा टिकट पाउने चलनको अन्त्य र , प्रत्येक्ष किनबेच भोज भतेरको लोभ लाल्सा देखाएर ठगीले मात्र नभै, गुटुपगुट्को धाकधम्की समेतको चपेटामा जनता सँधै परिरहने परिपाटीको अन्त्य हुदैन । साथै जबसम्म निर्बाचनमा शुन्य आर्थिक चलखेल र पुर्ण समानुपातिक निर्बाचन पर्णालीको विकाश साथै डिजिटल प्रबिधिको माध्यमबाट मात्र चुनाव प्रचार प्रसार गर्न पाउने, सो प्राविधिबाटै सोतस्फुर्त भोट दिनपाउने प्रणालीको विकास हुँदैन, तबसम्म सोच्छ निर्बाचन हुदैन । जबसम्म स्वछनिर्वाचन हुदैन, तबसम्म देशको लागि आवश्यक जेहेन्दार क्षमतावान, इमान्दार ब्याक्तिले टिकट पाउनै सकदैन, चुनावमा जानै पाउदैन, जित्नेको त कुरै भएन ।
जसको परिणम हामीले आहिले पनि भोगिरहेकै छौँ । कयौं विकाश प्रेमी र देश विकासको योजना बनाइ देशलाई समृद्ध बनाउन सक्ने क्षमता भएका नेताहरू पछि पारिने, असक्त रोगी, हठी, सन्की, गफाडी, टिकडम ,सुन्य भिजन भएको अदुर्दर्शि, घमण्ड र भ्रष्टाचारी ब्यतित्वहरु नेता बनेर नेतृत्वमा पुग्ने र देशदोहन गर्ने,जनताको न्युन्तम आधारभुत आबस्यकता समेतको वास्ता नगरी, जनतालाई दुख दिने, परिवर्तित समयको माग, राष्ट्रिय, अन्तरास्ट्रिय विकाशक्रमको ज्ञान्, केही नभएकोले पैसाको भरमा बहुमत बनाएर, बहुमतको आडमा नेता बनेर, देश डुबाएको हामीले झल्झल्ति देखिरहेकै छौँ । यि र यस्ता प्रवृत्तिलाई अबपनि रोक्न नसके नेपाल र हामि नेपालिलाइ यिनिहरुले धेरै पछाडी धकेल्ने छन । यसकारण हामी प्रत्यक नेपाली सजक र विशेष गरी राजनितिकरुपमा सचेत हुन जरुरी छ ।
Facebook Comments Box