सीता देवकोटा
२००२ मा अमेरिकामा एउटा ठूलो र ब्यापक बहस चल्यो । अफगानिस्तानबाट पाठ सिक्नु पर्छ । भियतनाम र इराकमा लडेर गलत गरियो । अमेरिकाले महशुस गर्याे । तत्काल अमेरिकाले सुरक्षा नीतिमा परिवर्तन गर्याे ।
१. आफ्ना सेनाहरू फिर्ता बोलाउदै जाने ।
२. शान्ति, समृद्वि र समानताको लागि कार्यक्रमहरू परिचालन गर्ने ।
३. युद्व, त्रास एंव रक्त्तपातबाट बाहिर निस्कनु पर्छ भन्ने सोचको बिकास ।
४. युद्वको रकम कटौती गरेर शान्ति र बिकासमा लगानी गर्ने ।
५.२००३ मा बैदेशिक नियोगको रूपमा स्थापना भएको हो एमसिसि । अमेरिकाको संसदबाट पारित भएर कानुन बनेको छ यो लगानी ।अमेरिकी जनताले तिरेको करबाट जम्मा गरिएको रकम हो यो त्यसैले अमेरिकि संसद जिम्मेवार छ ।
६. कहां लगानी गर्ने?
७. कसरी लगानी गर्ने ?
८. कस्तो बिकास परियोजनामा लगानी गर्ने ?
किनकि यो शतप्रतिशत अनुदान सहयोग हो । ५ वर्षसम्ममा यो परियोजना सकिनु पर्छ । जनताको आवश्यकता अनुसार जनताले नै माग गरेर जनप्रतिनीधिहरूले अनुमोदन गर्नु पर्छ , यसको मुलभुत सारत्तत्व रहेको देखिन्छ । परियोजना सञ्चालन गर्दा वातावरण बिगार्न पाईदैन र सेना प्रवेश निषेध स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
नेपालको सन्दर्भमा – सन ज्ञढद्धड देखि अमेरिका र नेपालको मित्रवत सम्बन्ध रहदै आएको छ ।
– एमसिसि परियोजना शुरूमा स्विकार गरेका देशहरू ईन्डोनेशिया र मंगोलियाले ५ वर्षमा परियोजना सफल बनाए । ति देशका जनता खुशी छन ।
– नेपालले पनि किन यो परियोजना माग नगर्ने? माग गर्याे ।
– के का लागि माग गर्ने ? परियोजना छनोट भयो ।
– धेरै हाईड्रो परियोजनाहरू अन्तिम चरणमा छन, नेपाली जनतालाई बिजुलीको पहुचमा पु¥याउनु छ, उत्पादन भएको बिजुली हरेक नेपालीको घर–घरमा पु¥याउनु प¥यो ।
– अमेरिका समक्ष नेपालले माग गर्याे ।
– २०११ मा अमेरिकाले नेपालको परियोजनाको डकुमेन्ट लिएर अनुसन्धान शुरू गरे पश्चात २०१७ मा पारित गर्याे ।
– ट्रान्समिटर र यातायातमा लगानी गर्ने ।
– हरेक नेपाली जनताको घर–घरमा उज्यालो र सडकको पहुचमा खुशी नहुने सायदै कोही नहोला ।
– यदि कोही छ भने त्यो छ जो नेपाल कंगाल बनाएर मिटर ब्याजमा ऋण दिएर तोकेको समयमा ऋण तिर्न सकेनौ भनेर – सिसाको खानी गौरीशंकर हिमाल लगाएत सर्बाेच्च शिखर सगरमाथा हडप्ने दाउमा – केही नेपाली सोझा जनता सडकमा उतारेको छ । तै पनि आफ्नो मक्सद पुरा हुन्छ कि भन्ने दिवा सपनामा …!!!
अब नेपाली जनताले अवश्य बुझ्नेछन हाम्रा लागि हामीले माग गरेको परियोजना हो एमसिसि – समयमा नै सफल बनाउन खवरदारी गर्नेछन ।