योग्य प्रतिनिधि छनोट गर्ने तरिका

कोरियाअपडेट विचार/अन्तर्वार्ता

-सन्तोष चौलागाई

स्थानीय निकायको निर्वाचन नजिकिदैं छ।उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता सँगै चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन्। धेरै उम्मेदवारहरुमा चुनाव जितिन्छ कि हारिन्छ भन्ने ठुलो तनाव छ। त्यसैगरी मतदाताहरुमा पनि कस्लाई मतदान गर्ने कसलाई नगर्ने भन्ने तनाव अवस्य पनि हुन्छ । मतदाताहरुको विवेकपूर्ण मतदानबाट नै सक्षम व्यक्ति प्रतिनिधिको रुपमा निर्वाचित हुन सक्छन् ।निर्बाचनको बेलामा सोच बिचार नगरी मत दिएर प्रतिनिधि बनाउने र पछि आफूले मत दिएको प्रतिनिधिले राम्रो काम गर्न सकेन भनेर रोइलो गर्नुको कुनै अर्थ हुँदैन्। गलत व्यक्तिलाई मत दिएर पछि पछुताउनु भन्दा चुनावमा असल उम्मेदवारलाई मतदिएर प्रतिनिधिको रुपमा छनोट गर्नु बुद्धिमानी मानिन्छ। मतदाताहरुले योग्य सक्षम उम्मेदवारलाई निर्वाचित प्रतिनिधि बनाउन के के कुरामा ध्यान दिनु पर्छ त ? कस्ता उम्मेदवारलाई मत दिने कस्तो उम्मेदवार मत नदिने भन्ने कुरा स्पस्ट हुन आवश्यक छ। सक्षम योग्य उम्मेदवार छनोट गर्नको लागि निम्न लिखित केही उपायहरुलाई आधार मान्न सकिन्छ।

 

१.यदि अहिले उठेका उम्मेदवार बिगतमा सामाजिक संघ संस्थाहारुमा आबद्ध रहेर राम्रा राम्रा काम गरेका थिए भने उसलाई छान्नुहोस यदि राम्रो काम गर्न नसकेका थिए भने उसलाई नछान्नुहोस्।

 

२.कुनै पनि उम्मेदवारको सार्वजनिक आचरण सहि लाग्दैन भने उसलाई मत नदिनुहोस् ।

 

३. कुनै पनि उम्मेदवार बिगतमा सार्वजनिक आर्थिक अनियमिततामा संलग्न भएको भएमा उसलाई मत नदिनुहोस् ।

 

४.निस्वार्थ सेवाभाव नभएका उम्मेदवारहरुलाई मत नदिनुहोस्।

 

५.घर जग्गा खरिद बिक्री एजेन्ट, ठेक्दारी ब्यवसाय, मिटर ब्याजमा पैसाको कारोबार आदि कार्यमा आवद्ध उम्मेदवारहरुलाई छनोट नगर्नुहोस् ।

 

६.पैसा र पावरको धेरै फुर्ती लगाउने उम्मेदवारलाई भोट नदिनुहोस्।

 

७.सर्वसाधारण जनताहरुलाई अनावश्यक उचालेर भाडभैंलो गर्ने उम्मेदवारलाई भोट नदिनुहोस् ।

८. मतदान गर्दा पार्टि भन्दा पनि व्यक्तिलाई (उम्मेदवार) ध्यानमा राख्नु होस्। पार्टीगत आस्था भएकै कारण आँखा चिम्लिएर मत नदिनुहोस् ।

 

९.पारिवारिक तथा सामाजिक दायित्व बहन नगर्ने र चौतारी, चौर अथवा चिया पसलतिर जम्मा भएर ठूला ठूला गफ लडाउने उम्मेदवारलाई भोट नदिनुहोस् ।

 

१०.हावादारी चुनावी घोषणपत्र भएका उम्मेदवारलाई भोट नदिनुहोस्।

 

११.आर्थिक लेन देनमा ठगी मुद्धा लागेका अथवा ठगी धन्दाको मतियारको रूपमा देखिएका उम्मेदवारलाई मत नदिनुहोस् ।

 

१२.जातीय बिभेद्को पक्षपोषण गर्ने उम्मेदवारलाई मत नदिनुहोस् ।

 

१३. गुँन्डागर्दी तस्करी आदि कार्यमा संलग्न तथा उक्त कार्यको पक्षपोषण गर्ने उम्मेदवारलाई मत नदिनुहोस् ।

१४.भ्रष्टाचार नगर्ने र भ्रष्टाचार बिरुद्ध आवाज उठाउन सक्ने उम्मेदवारलाई मत दिनुहोस् ।

 

१५.स्थानीय स्थलमै बसोवास गर्ने र सामाजिक कार्यमा सक्रियताका साथ उपस्थिति जनाउने उम्मेदवारलाई मत दिएर छनोट गर्नुहोस् ।

 

१६.जनताहरुमा एकताका लागि पहल गर्ने उम्मेदवारलाई भोट गर्नुहोस् ।

१७.विकासप्रेमी उम्मेदवारलाई मतदान गर्नुहोस् ।

 

१८.अप्ठ्यारो अवस्थामा पनि अग्रस्थानबाट नेतृत्व गर्न सक्ने शाहासी उम्मेदवारलाई छनोट गर्नुहोस् ।

 

१९. विभिन्न दृष्टिकोणले उम्मेदवारहरुको अध्यन गरेर एक अर्कामा तुलना गरी राम्रो ठिक लागेको उम्मेदवारलाई भोट गर्नुहोस् ।

 

२०.काँधमा जिम्मेवारि बोक्न सक्ने र मनमा इमानदारिता राख्न सक्ने उम्मेदवारलाई मत दिनुहोस् ।

 

२१.जनताको आर्थिक तथा सामाजिक अवस्था परिवर्तन गर्ने सक्ने दृष्टिकोण भएको उम्मेदवारलाई भोट दिनुहोस् ।

 

२२.सधैं सामाजिक न्याय र समानताको पक्षमा उभिने उम्मेदवारलाई मत दिनुहोस् ।

 

२३.गत कार्यकाल मा चुनाव जितेर लोकप्रिय काम गरेका उम्मेदवारलाई फेरि मत दिनुहोस् । चित्त बुझ्दो काम गर्न नसकेका उम्मेदवारलाई भुलेर पनि मत नदिनुहोस्।

 

उम्मेदवारहरुबाट निर्वाचनलाई प्रभाव पर्ने गरि भिभिन्न किसिमका कानुनी अथवा गैरकानुनी ( जाँड रक्सी र मासुभातको भोज गर्ने , पैसा बाढ्ने काम, मतदाताहरुलाई लोभ लालस देखाउने ,त्रासपूर्ण धम्की दिने आदि )कार्यहरु गर्न सक्छन् । यस्ता हर्कतहरु देखिएमा तत्काल बिरोध गरी निर्वाचन कार्यलयमा अथवा प्रहरी प्रशासन कार्यलयमा उजुरी गरेर कारबाहिका लागि आवाज उठाएर असल नागरिकहरुले आफ्नो दायित्त्व पूरा गर्नुपर्छ।

सन्तोष चौलागाई
सुनापती -१ गुन्सी
रामेछाप।

Facebook Comments Box