प्रदेशसभा उम्मेदवार
ललितपुर क्षेत्र नं. ३ प्रदेश (ख)
आगामी मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा म (सविनकुमार खड्का)लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ललितपुर क्षेत्र नं. ३ प्रदेश (ख)मा उम्मेदवार उठाएको छ । यसले मलाई मात्र होइन, पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक र यस क्षेत्रका मतदातालाई खुसी लागेको छ । समस्त राजावादी र हिन्दूवादीहरुको अमूल्य मतले यस क्षेत्रबाट जित्नेमा म विश्वस्त रहेको छु । जहाँ राप्रपा त्यहाँ हिन्दू, जहाँ राप्रपा त्यहाँ राजावादी । जनताले ठूला दलका शासन धेरै हेरिसके । अब राप्रपालाई हेर्नुपर्छ । राप्रपा जनताको सुख दुःखको साथी हो । म जनताको सेवक बन्न उठेको हुँ ।
राप्रपाको ललितपुर क्षेत्र नं.३ को अध्यक्ष रहेर पनि जनताको सुख, दुःख हेरिरहेको थिएँ । अब यही क्षेत्रबाट उठ्न पाउँदा मलाई गौरव लागेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको सुझबुझपूर्ण नेतृत्वले राप्रपाको पक्षमा देशव्यापी रुपमा लहर आइरहेको छ । अब संघ र प्रदेशमा राप्रपाको सरकार हेर्न जनता लालायित छन् ।
राप्रपा भनेको राष्ट्रिय एकता, विकास र समृद्धिको संवाहक हो । राप्रपाले जिते मात्र जनता जित्छन् । त्यसैले जनताको एजेण्डालाई अघि बढाउन यस पटक मलाई ललितपुर क्षेत्र नं. ३ (ख) मा जिताउन यस क्षेत्रका समस्त मतदातालाई आग्रह गर्दछु ।