बलराम थापा
प्रतिनिधि सभा सदस्य राप्रपा उम्मेदवार,
काठमाण्डौ क्षेत्र नं. १०
प्रतिनिधि सभा सदस्यमा काठमाण्डौ क्षेत्र नं १० मा राप्रपा उम्मेदवार बन्नु भएको छ, कस्तो महसुस गर्नु भएको छ ?
यस पटकको चुनाव मलाई राम्रो लागेको छ । राप्रपा जस्तो वेग्लै पहिचान बोकेको पार्टीबाट चुनाव उठ्न पाउदा गौरव महसुस गरिरहेको छु । यस चुनावमा म अत्यन्त उत्साहित पनि छु । जनताले बिस्तारै राप्रपाले लिएको एजेण्डा मन पराउन थालेका छन् । जनताले राप्रपालाई बहुमत दिनतर्फ अग्रसर भएको देखेको छु । विशेष गरी काठमाण्डौ क्षेत्र नं १० मा मतदाताले परिवर्तन खोजेको अनुभव गरेको छु । जनताले खोजेको परिवर्तन, राप्रपाबाट मात्र संभव छ । हामी जहाँ जान्छौ त्यहाँका मतदाताले यस पटक राप्रपालाई जिताउँछौ भनिरहेका छन् ।
तपाई कुन कुन एजेण्डा लिएर मतदातामाझ जाँदै हुनुहुन्छ ?
मैले जिते पछि सबै भन्दा पहिला राप्रपाको एजेण्डा स्थानीय स्तरदेखि नै स्थापित गर्न पहल गर्ने छु । भ्रष्टाचाररहित व्यवस्था र समाज निर्माण गर्न सुशासन कायम गर्न, क्षेत्र नं १० अन्तर्गतका तिनै नगरमा राष्ट्रिय स्तरका खेलकुदका पूर्वाधारको निर्माण गर्दै यस क्षेत्रको खेलकुदमा विकास गर्न र राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न, यस क्षेत्रका सम्पूर्ण जातजातिहरु, धर्मावलम्बीहरुको संस्कृति र परम्पराहरुको सम्बद्र्धन गर्दै विकास गर्न, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली तिनै नगरमा रहेका ऐतिहासिक, संस्कृति तथा प्राकृतिक पर्यटकीय क्षेत्रको राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी विकास गर्न मेरो उम्मेदवारी हो । यसै गरी निःशूल्क गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायातको उपलब्धतालाई सुनिश्चित गर्न र गराउन, स्थानीय स्तरमा नै रोजगारी सिर्जना गरी रोजगारीको लागि युवाहरु विदेश पलायन हुन नदिनका लागि, स्थानीय उत्पादनहरु जस्तै लप्सि, नास्पाती लगायतका कृषि उपजहरुको उचित र व्यवस्थित गर्न, क्षेत्र नं १० अन्तर्गतका तिनै नगरमा रहेका सम्पूर्ण सार्वजनिक विद्यालयहरुमा बुढानिलकण्ठ मोडलको शिक्षा प्रणाली लागू गर्न, क्षेत्र नं १० अन्तर्गतका तिनै नगरमा रहेका सम्पूर्ण सार्वजनिक सम्पत्तिको पहिचान गरि संरक्षण गर्न, महिला, बालबालिका जेष्ठनागरिक, अपाङ्गता भएकाहरु लगायतका अन्य अल्पसंख्यकहरुको हक र अधिकारको संरक्षण गर्न र गराउन, पर्यावरणको रक्षा गर्दै उत्पादनमुखी अर्थतन्त्रको स्थापना गर्न, स्थानीय स्तरमा कल कारखाना, उद्योग स्थापना गरी स्थापना गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न, क्षेत्र नं १० स्तरीय अनुसन्धान केन्द्र स्थापना गरी अनुशन्धानमा आधारित शिक्षा– स्वास्थ्य यातायात तथा पूर्वाधारको योजना निर्माण गर्न र गराउन, कीर्तिपुर लगायतका नगरमा रहेका खानेपानीको समस्याको समाधान गर्न मेरो उम्मेदवारी हो ।
जनताले राप्रपालाई नै किन मत दिने ?
राप्रपा विकासवादी पार्टी हो, भ्रष्टाचार विरोधी पार्टी हो । हाम्रो अध्यक्ष राजेन्द्र लिङदेनले एक रुपैया घुस खानु भनेको आमाको रगत खानु हो भन्नु भएको छ । यो हाम्रो लागि पनि मार्ग दर्शन हो । के अन्य दलका नेताहरु यस्तो भन्न सक्छन् ? यो देशमा परिवर्तनका लागि, देशमा हिन्दु राज्य ल्याउनका लागि, राजसंस्था स्थापित गर्नका लागि, देशमा व्याप्त भ्रष्टाचार अन्त गर्न राप्रपालाई मतदाताले मतदान गर्दैछन् ।
ठूला दलका उम्मेदवारसँग तपाईको प्रतिस्पर्धा हुँदैछ । उनीहरुको माँझबाट जित्न यस क्षेत्रका मतदातालाई कसरी विश्वास दिलाउनु हुन्छ ?
म चुनावमा मात्र नयाँ हो, यस क्षेत्रका जनतामाझ नयाँ होइन । मैले यस क्षेत्रका जनताको सुख, दुःखमा सहभागी हुँदै आएको छु । त्यसैले ठूला दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न मलाई कुनै अप्ठ्यारो भएको छैन । मतदाताले धेरै पटक ठूला दल हेरिसक्यौ, यस पटक राप्रपा हेर्छौ र नयाँ युवा हेर्छौ भनिरहनु भएको छ । त्यसैले यस क्षेत्रमा म बलियो छु ।
यस क्षेत्रमा अन्य दलसँग चुनावी तालमेल छ ?
यस क्षेत्रमा राप्रपाको अन्य दलसँग कुनै तालमेल छैन । हामी आफै बलियो छौँ ।
राप्रपाले यो क्षेत्रलाई राम्रो क्षेत्रको रुपमा लिएको छ, मतदाताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
देश जर्जर अवस्थामा छ, यो अवस्थाबाट देशलाई पार लगाउन राप्रपाले मात्र केही गर्छ भनेर मतदाताले विश्वास लिएर बसिरहेका छन् । अब युवाहरुको पालो भनेर राप्रपाले सन्देश दिएको छ । प्रमुख दलहरुले धर्म नास गरिसकेँ । अब धर्म बचाउन र देशलाई बचाउनुपर्छ भनेर राप्रपालाई मत दिन प्रतिक्षा गरिरहेका छन् । जनताले हिन्दु धर्म ल्याउन, राजसंस्था ल्याउन, भ्रष्टाचार हटाउन राप्रपालाई मतदान गर्दैछन् ।
अन्तमा मतदातालाई सन्देश दिनुस न ?
विकासको लागि राप्रपा, हिन्दुवादीको लागि राप्रपा, राजसंस्थावादीको लागि राप्रपा, त्यसैले अब हरेक तह र तप्कामा रहेका मतदाताले विवेक पु¥याएर मतदान गरिदिनुहोला । तपाईहरुको अमूल्य मतले देशमा ठूलो परिवर्तन हुनेछ । राप्रपाले जितेमात्र जनताको जित हुनेछ ।