मनिषा अधिकारी
एकदमै मन अशान्त छ एतिवेला । जताजतै अध्यारो नै अध्यारो को बादलले अन्धमुष्टि छाएको अनुभुतिभएको छ । धेरै भयो आजभोलि पहिलेको जस्तो जोश जागर पनि छैन । पहिले जस्तो कलम चलाउन मन पनि लाग्दैन । मानौ कि सबै डायरीहरु एकैठाउँमा कतै कुनामा थुप्रो लागेर बसेका छन् । आफुँमा भएको परिवर्तन देखेर म आफै अचम्मित छु । कुनै कुराले मन छोयो भने केहि लेखिहाल्न मन लाग्थ्यो । यस्तो लाग्थ्यो कि कलमको वेग भन्दा पनि बढी शब्दशब्द मानसपाटलभरि ओइरिएर आउँथे, एकपछि अर्को । आजभोलि न्युज फिल्डमा भएका न्युजहरु कहिले सबै सर्सर्ति पढ्छु त कहिले देख्नै नपरे हुन्थ्यो जसरि एकदमै बेगले स्क्रोल गरिहाल्छु अगाडि । एकदमै दिक्दार लागेर आउँछ । एकदमै निःशब्द जस्तै, यस्तो लाग्छ किजति जे पनि भइरहेका छन् । आजभोलि त्यसका लागि म संग कुनै भावना नै छैन । म पूर्ण तरिकाले बेमतलवि छु आखिर के हुने रैछ र चासोले के हुन्छ र अरुको लागि आवाज बनिदिएर के हुने रैछ र आनन्दले दाल र भात खाएर आफ्नो लागि मरिमेटि दुई छाक टरे त भैगो किन अरुको लागि आफुलाई तमासा बनाउँ किन नभएको टेन्सन आफुमा थुपारुँ । फोकटमा । अट्ठहास गर्न मन लाग्छ मलाई । बास्तवमै म थकित छु र मलाई यो रमितामा सामेल हुन कत्ति पनि मन छैन ।
मलाई डर लाग्छ कहिलेकाहिँ, मेरो देश नेपालै नै नरहला कि भन्ने किनकि आजभोलि न्यायको लागि वकालत गर्न बस्ने व्यक्तिहरुप्रति नै शंका लागेर आउँछ । देश चलाउने अभिभावकहरुप्रति नै वितृष्णा आउँछ । मनमा धरै किसिमको कौतुहलता उर्लिएर आउँछ तर बकवास प्रश्नहरु मात्र, म आफै एकदमै निरुत्तर छु । अनिलाचार पनि ।
कताकता बाट डायरी निकालेर केहि भावना हरु पोख्न मन लाग्यो फेरि मलाई आज धेरै पछि । एक तमासले कलम बत्तिरहेका बेला फेरि मनमा अर्कै किसिमको सोचाई पनि वारपार भईरहेका छन् । सोच्छु, यसमा मेरो एकल भावना मात्र समावेश भएको होइन होला । आज ८५ बर्षका हजुरबुवाको मनमा पनि यस्तै कहि न कहि वितृष्णाको भावना पैदा भइरहेको होला । शान्तीको देश भनेर चिनिने देशमा अशान्ती फैलिरहेको देखेर अब आउने पुस्ताको कस्तो दुर्गति होला भनेर चिन्ताले लखतरान देखिन्छन् उहाँका आखाँहरु पनि । उहाँका थाकेका औलाहरुले आफ्नो भावना कोर्न कठिन भइरहदा उहाँका लोलाइरहेका प्रष्ट आखाँहरु देख्दा यसै जोश हराएर आउँछ आजभोलि । लाग्छ यो वितृष्णा बाट प्रत्येक उमेर समुहका व्यक्तिहरु ग्रसित छन् आज । एकदमै निराशपना ।
बिहान बेलुकादुई छाक भात र दाल हाईसुख मानेर खानेहरुको जिबन ,सामान्य तरिकाले रहि जसलाई कुनै पनि कुराको चासो छैन , आफ्नो दुखमा रमाउँछन् तैपनि भोलिको लागि केहि ठेगान छैन ,के हुने हो । आफ्नो १ बर्षे छोरिको बढ्दै गरेको उमेरमा डर पैदा हुन्छ । भोलि कुनै चोकमा रमिता नबनोस् , अखबारमा आफ्नै कुनै नराम्रो खबर नछापिएको होस् । कुनै टुगंो छैन भोलिको ,कोल्टे फर्किदा पनि त्यहि किसिमको त्रासले सताइरहेको हुन्छ । भोलि न्याय माग्न कता जाने जबकि यस्तै अवस्थामा कैयाँै ले न्यायपाएका छैनन् । ठुलो शक्ति र सत्ताको ओतमाभने , म त झन् । सम्झिदा सम्झिदै हरेश खान्छु, ।
बाटो वारकोपार लगाई दिने देखि लिएर ठुलठुला प्रशासन भ्रष्टाचारले लिप्त छन्, मानौ कितलबको लागि भन्दा पनि अन्य आम्दानी धेरै हुन्छ भन्ने मानसिकताकै भरमाचर्को घोटिएर लोकसेवा दिनेको घुइचो छ । त्यो दरिद्रता हाम्रै समाजबाट बिकास भएको छ । चिया खाने १५ रुपैया कमाउने कर्मचारी देखि करोडौँ कमाएको देख्दा एकथरि त्यसैमा आकर्षित छन् । त्यसैको प्रलोभनमा छन् । सायदै कमै होलान् जो देशको लागि सोच्छन् । थाहा छैन कहिले कतिखेर र कसरी निर्दोष र सोझासाझा जनता कहाँनिर विलिन भई अस्तित्व समाप्त हुन्छ भन्ने कुरा । केहि लेखिहालु भने पनि डर लाग्छ मलाई आजकल , कसैको अगाडि आएर केहि बोलिहाल्न सक्ने क्षमता म मा छैन अर्थात त्यो खालको स्वतन्त्रता बाट म पुरै किसिमले बन्देज छु जस्तो लाग्छ । कतै फेरि म कसैको विवादको विषयबने भने । डर लाग्छ मलाई । देशको लागि केहि गर्छु भनेर अगाडि आउँनेहरुको हालत बाट म पुरै तरिकाले परिचित छु, दिनप्रतिदिन । राजा मारिएको देशमा जनताको सुरक्षा छैन भनेर जान्नु कुनै ठुलो कुरा होइन । म आत्तिन्छु ,निसासिन्छु जनताको लागि केहि गर्छु भन्ने पे्ररणाबाट म आफुलाई एकदमै निस्बल महसुस गर्छु । म संग अलिकति पनि साहस छैन केहि कदम अघि बढ्छु भन्ने । बिचमै रोकिन्छन पाइलाहरु । साच्चिकै कायर भएकि छु म । हो कायर ।
मलाई ८६ वर्ष पुग्नुभएको हजुरबुवाको आखाँ रसाएको हेर्न पटक्कै मन्जुर छैन । उहाँको भावना विचलित भएको देख्न एकदमै गाह्रो हुन्छ मलाई । उहाँको थाकेका औला, सुस्ताएका आखाँ देख्दा मन त्यसै अशान्त हुन्छ । कुन आमालाई ७ वर्षे छोरी बुरुकबुरुक उफ्रको हेर्ने मन नहोला र ? तर आनन्द हुनुपर्नेमा आजभोलि उनलाई डर र त्रास मात्रै छ । परिको जस्तो पहिरन , हासाँे र बालापनप्रति उनको इष्र्यापूर्ण भावना छ । आखिर विवशजो छिन् उनि । मनमनै सोच्छिन होला, खास म उसलाई स्वतन्त्र भएर खुला आकाशमा उड्न दिन चाहान्थे पन्छि जस्तै । उ खुला आकाशमा स्वतन्त्रतापूर्वक उडेको हेर्ने चाहाना नभएको होइन । तर मनै नलागि नलागि पनि उसलाई सिमित घेराभित्र राख्न विवश छिन् उनि , बिचरा उ । आफ्नी छोरीको हारेको मन देख्दा हैरान छिन् उनि । अनिउसले कहाँ बाट उड्न जानोस् । कहाँबाट प्रेरणा पाओस् । कतैकतै उसको मलाई दया लागेर आउँछ । तर आवाज जुटाउन सक्ने साहस छैन ममा । कायर म ।
बालाजु , मनमैजु काठमाडौँ