गणतान्त्रिक व्यवस्थाले मुलुकको राष्ट्रिय सार्वभौमसत्ता कमजोर बनाएको छ

राजनीति विचार/अन्तर्वार्ता
उदयराज पोखरेल राष्ट्रिय राजनीतिमा चिरपरिचित नाम हो । २०५० मा राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको स्याङ्जा जिल्ला सचिव भएर उहाँले विद्यार्थी राजनीतिको शिल–शिला सुरु गर्नु भएको हो । उहाँ राप्रविसं स्याङ्जाको अध्यक्ष, राप्रविसं तत्कालीन गण्डकी अञ्चलको संयोजक हुँदै राप्रविसंको केन्द्रीय अध्यक्ष बन्नु भएको थियो । राजनीतिक यात्राको व्रmममा पोखरेल राप्रपा स्याङ्जा जिल्लाको अधयक्ष हुनु भयो । यस व्रmममा विगत ७ वर्षदेखि उहाँ राप्रपाको केन्द्रीय सदस्य रहनु भएको छ । स्पष्ट वक्ता, मिलनसार एवं स्वच्छ छविका राप्रपा युवा नेता उदयराज पोखरेलसँग देशका जल्दा बल्दा विषयमा गरिएको कुराकानी:

देशकको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ?
देशको वर्तमान अवस्था अत्यन्त जटिल छ । देश अत्यन्त खराब मोडमा पुगेको छ । देशमा आम जनताले केही गर्न सक्ने अवस्था नै देखिदैन । विकास निर्माण ठप्प छ । हरेक क्षेत्रमा अस्तव्यस्त छ । राजनीतिक दलका नेतृत्वप्रति आम जनताको विश्वास टुटेको अवस्थाले गर्दा अबको दिनमा देशले हरेक क्षेत्रमा परिवर्तन खोजेको छ । समग्रमा भन्दा गणतान्त्रिक व्यवस्थाले मुलुकको राष्ट्रिय सार्वभौमसत्ता कमजोर बनाएको छ । धर्म, संस्कृति परम्परामा हस्तक्षेप बढ्ँदै गएको छ । सामाजिक एकता कमजोर हुँदै गएको छ । जातीयता, क्षेत्रीयता, धार्मिकतामा द्धोन्द बढ्दै गएको छ । समग्रमा भन्दा देश अराजकतातर्फ लागेको देखिन्छ । नेपालको पहिचान, नेपालीको पहिचानमा संकट पैदा हुँदै गएको छ । त्यसैले जनताहरु हालको व्यवस्थाप्रति आव्रmोसित बन्दै गएको छन । र यो व्यवस्था बद्लिएर मुलुकको स्वतन्त्रता जोगाउने र जनताको आर्थिक अवस्था, सामाजिक, साँस्कृतिक समस्या समाधान गरी मुलुकलाई स्पष्ट दिशा निर्देश गर्न नयाँ व्यवस्थाको जनताले आवश्यकता महसुस गर्दै गएका छन् । यहि चाहानाको परिपूर्तिका लागि जनताहरु सडकमा उत्रन थालेका छन् । यस कारणले नयाँ व्यवस्था स्थापनाका लागि नेपाली समाज अग्रसर भइरहेको देखिन्छ ।
देशभर फैलिरहेको भ्रष्टाचार बारे के भन्नु हुन्छ ?
भ्रष्टाचार माथिदेखि तलसम्म व्यापक रुपमा फैलिरहेको अवस्था छ । सबै कुरा सरकारको नेतृत्व गर्ने मान्छेहरुबाटै संरक्षित भएको देखिन्छ । भ्रष्टाचारका अनेक काण्ड आएका छन् । तर राजनीतिक संरक्षणमा ती भ्रष्टाचारीलाई प्रसय दिइरहेको पाएका छौं । सरकारमा रहने नै भ्रष्टाचारमालिप्त भएपछि त्यसको मातहतमा भएका सबै निकायहरु स्वतः भ्रष्टाचारिलाई संरक्षण गरी फाइल मिलाउने र आफु अनि सम्बन्धित व्यक्तिहरु उम्काउने सेटिङको रुपमा काम भएको देखिन्छ । आम जनताले यस्ता कुरा पत्तै नपाउने गरी भ्रष्टाचारीहरु संरक्षित भएको अवस्था छ ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कम सव्रिmयताले भ्रष्टाचार बढेको हो ?
अख्तियारका प्रमुख आयुक्त, आयुक्तहरु पनि प्रमुख दलहरुकै भागबण्डमा नियुक्त हुने गरेका छन् । त्यसै कारण अख्तियारले ठुला दलका नेताहरुलाई केही गर्न सक्ने अवस्था नै देखिदैन । भएका फाइल पनि तामिलीमा राख्नु बाहेक उनीहरुमा अर्को विकल्पै नभएको हो कि जस्तो देखिन्छ । अख्तियारका प्रमुख आयुक्त, आयुक्तले राजनीतिक दलका नेताले भनेको नमानेमा उनीहरुको पदमै प्रश्न चिन्ह खडा गरिदिन्छन् । अख्तियारका राम्रो मान्छे पनि राजनीतिक दवाव कै कारण राम्रो काम गर्न नसकेको अवस्था छ । अख्तियारले खरदार सुब्बा वा त्यो भन्दा तलकालाई समात्नु बाहेक अर्को काम गर्न नसकेको सबैलाई थाहा भएकै कुरा हो । त्यसैले पहिला अख्तियारको कार्य क्षेत्र बढाउनु पर्छ । निष्पक्ष पार्नु पर्छ । अख्तियारलाई पहिला अधिकार सम्पन्न स्वायत्त निकायका रुपमा स्थापित गर्नु पर्छ । कुनै पार्टीको प्रतिनिधिको रुपमा नियुक्त भए पछि ठुला दलमा आवद्ध ठुला नेता तथा व्यापारीलाई समात्ने हैसियत नराख्नु स्वभाविकै हो । अहिलेको अख्तियारको गतिविधिले यो कुरालाई स्पष्ट पारेको छ ।
यस बर्षको बजेट तपाईलाई कस्तो लाग्यो ?
यस वर्षको बजेट कर्मकाण्डी छ । शिक्षा, स्वास्थ्य, रोजगार, किसानका समस्या, आम व्यवसायीको समस्या बारे यो बजेटमा खासै बोेलेको देखिदैन । ५ वर्षमा के के गर्ने र नतिजा कस्तो ल्याउने भनेर बजेटमा उल्लेख छैन । बजेट निरन्तरता मात्र देखिन्छ । यो बजेट प्रति जनताको नअपेक्षा छ न पुरा हुने आधार छ । सरसर्ती भन्दा बजेट सत्तामा बसेका नेता तथा उनका आसेपासेले भनेको ठाँउमा मात्र बिनियोजन भएको देखिन्छ । दल दलका नेता कार्यकर्ताले बजेट कुन ठाउँमा लगेर आफ्नो अनुकुलतामा खर्च गर्ने अनि खल्ती भर्ने बाहेक नयाँ बजेटमा विशेष केही देखिदैन ।
देशमा किन विकास भएको छैन ?
देशमा साचे जस्तो विकास नहुनुमा राजनीतिक व्यवस्था नै जिम्मेवार छ । वर्तमान नेताहरुमा देश कसरी निर्माण गर्ने भन्ने दुरगामी सोच नभएकोले गर्दा विकास नभएको हो । कर्मचारी, व्यवसायी, विदेशी कुटनीतिक नियोग, लगानीकर्तालाई सरकारले विश्वासमा लिन नसकेकाले विकास पनि सोचे जस्तो नभएको हो । नेताहरुमा विकास गर्ने अध्ययनको पनि कमि छ । जुन क्षेत्रको विज्ञता हासिल गरेको व्यक्ति छ त्यहि व्यक्तिलाई त्यहि क्षेत्रमा कार्य गर्न दिइएको छैन । विनियोजित बजेट पनि नेता तथा नेताका आसेपासेले आफु खुसी खर्च गरेका छन् । देश विकास नहुँनुमा सरकारमा बस्ने नेताहरु नै जिम्मेवार छन् । यहि विनियोजित बजेट सहि ठाउँमा खर्च गर्ने हो भने देशमा विकास निर्माण पनि हुनै थियो । तर बजेट सदुपयोग नहुँदा देश विकास पनि सोचे जस्तो भएन ।
देशमा व्याप्त महँगी किन नियन्त्रण भएको छैन ?
पहिलो कुरा सरकारले महँगी नियन्त्रण गर्न भरपर्दो कुनै सम्यन्त्र नै गठन गर्न सकेन । व्यवसायीलाई अनेकन दुःख दिने, चन्दा असुल्ने, मन लागि गर्ने सरकारमा रहेकाको गतिविधिले महँगी झन झन बढ्नुको कारण बन्न पुगेको छ । देशमा खेती गर्ने युवाहरु प्राय सबै विदेश पलायन भए अनि कसरी खेती हुन्छ ? त्यसमाथि सरकारले खेती गर्ने किसानलाई पनि समयमै मल विउ दिन सकेको छैन । कृषि अनुदान वास्तविक किसानको हातमा पुग्दैन । आफ्ना कार्यकर्तालाई फाइल खडा गरेर कृषिमा पाउने सहुलियत उनीहरुले खेती नगरी नै पाइरहेको अवस्था छ । वास्तविक किसानमा मारमा परेका छन् । स्वदेशमा उत्पादन कम भएकाले विदेशी आयतमा भर पर्नु परेको अवस्था छ । महँगी नियन्त्रण गर्न बनेका सरकारी सम्यन्त्रहरु निकम्मा बनेको अवस्था छ अनि उनीहरु कमिसनको चक्करमा परेको पाइन्छ ।
देश हाँक्न कस्तो नेतृत्वको आवश्यकता छ ?
त्यसो त देश हाँक्न देश–विदेश बुझेको युवा, अबको दश वर्ष भित्र कसरी देशलाई समृद्ध बनाउने दृष्ट्रिकोण (भिजन) भएको सक्षम नेतृत्व, जसले देशको भुराजनीतिक अवस्था बुझ्न सक्ने इमान्दार र देश अनि जनतालाई केन्द्रबिन्दुमा राखेर हरेक क्षेत्रका तह र तत्काका जनताहरुका समस्यालाई संबोधन गर्न सक्ने, छिमेकी राष्ट्रहरुलाई पनि विश्वासमा लिएर नेतृत्व दिन सक्ने व्यक्ति आम जनताले खोजेका छन् ।
यतिबेला राप्रपा के गरिरहेको छ ?
विगत एक वर्षदेखि राप्रपा विभिन्न चरणको आन्दोलन गर्दै आएको छ । यो देशमा यि दलहरुले ल्याएको गणतन्त्रप्रति आम जनताको विश्वास टुटेको अवस्था छ । संघीयता, धर्म निरपेक्षता जस्ता संविधानमा भएका व्यवस्थाहरुलाई नउल्टाएसम्म यो देश समृद्ध हुन्छ भन्ने हामीले देखेका छैनांै । सबै पक्षलाई मिलाएर राष्ट्रपतिको ठाउँमा अभिभावकीय राजा, संघीयता खारेज गरी सनातन हिन्दु राष्ट्र पुनस्थापना गर्ने प्रमुख एजेण्डा लिएर हामी आम जनताको घर दैलोमा गइरहेका छौं । जब गाउँ, टोल, जिल्लाका जनताले हाम्रो कुरा बुझ्छन त्यो बेला हाम्रो एजेण्डा स्थापित हुनेछ । जनतालाई खुसी, सुखी र सम्पन्न पार्न राजासहितको व्यवस्था आवश्यक छ भन्ने कुरा अहिलेको समयले पनि स्थापित गरेकोछ । हाम्रो एजेण्डामा जनता सहमत हँुदै गएका छन । एक दिन वर्तमान गणतन्त्रमा रहेका पनि हाम्रै एजेण्डा मान्न बाध्य हुनेछन् । ढिलो चाडो त्यो समय आउछ । हरेक ठुला पार्टी भित्र राप्रपाको एजेण्डाको प्रवेश भइसकेको छ ।
नेपालमा अब राजसंस्था पूनस्थापित होला त ?
नेपालमा राजसंस्था पूनस्थापित हुने धेरै कारण छन् । नेपाल बहुभाषिक, बुहसांस्कृतिक, बहुजातीय भएको देश हो । सबैको प्रतिनिधित्व गर्न सक्ने अभिभावकीय राजसंस्था हुँदा धेरै उपयुक्त हुन्छ । दल विशेषको राष्ट्रपति हुनु भन्दा सबैले मान्ने राजसंस्था उपयुक्त हो । अहिले जनताले पनि राजसंस्थाको अभाव महसुस गर्न थालेका छन् । नेपालको राजसंस्था भनेको नेपाल निर्माण गर्नेदेखि जनताको माया र सहकार्यमा राज्य संचालन गरिरहेको संस्था हो । त्यो विगतको स्पष्ट पारेको थियो । राजा भागेर केही गएका छैनन्, जनताकै विचमा छन् । एक दिन राप्रपाकै नेतृत्वमा राजसंस्था पूनस्थापित हुँदैछ । यो कुरा गणतान्त्रिक पार्टीहरुका विभिन्न फोरमहरुमा पनि बहस हुन थोका छन् । अब अभिभावकीय राजसंस्था नै उपयुक्त हो भन्ने आवाज उठ्न थालेको छ । यो स्वभाविकै हो ।
प्रमुख दलका गतिविधिलाई कसरी हेनुभएको छ ?
त्यसो त प्रमुख दलका नेताहरुमा देश लुट्नमा तछाडमछाड छ । एउटाले अर्कालाई भ्रष्टाचारी भन्छन् तर खोज्दै जाँदा सबै पार्टीका नेताहरुले मिलेर खाइरहेका छन्, भ्रष्टाचार गरिरहेका छन । ठुल ठुला भ्रष्टाचार खोज्दै जाँदा ठुला दलकै नेताहरुको कुनै न कुनै रुपमा सहभागिता रहेको पाइन्छ । कोही काग्रेस भन्छन्, कोही एमाले भन्छन्, कोही माओवादी भन्छन् तर भ्रष्टाचारका ठुला काण्डमा एकै ठाउँमा भेट हुन्छ । यो जनताले पनि अब बुझिसके । जनता लाटा छैनन् ।
अन्तमा देशवासीलाई सन्देश दिनुस न ?
अन्तमा देशवासीलाई के भन्न चाहान्छु भने हाम्रो देश अत्यन्त सुन्दर छ । जनताहरु पनि अत्यन्त मेहनती र सहनसिल छन् । देश बन्न धेरै समय लाग्दैन । सहि नेतृत्व सहि पार्टीलाई आम जनताले विश्वास गरेको खण्डमा चाडै नै देश समृद्ध बन्ने अवस्था छ । पुराना दलहरुलाई विश्वास गर्दा यतिवेला देश वंगलादेश वा श्रीलंकाको जस्तो बन्ने अवस्थामा छ । त्यसैले अबको विकल्प भनेको राप्रपाले बोकेका एजेण्डा नै हुन् । जनताको सेवक पार्टी भनेको राप्रपा हो । त्यसैले परिवर्तनमुखी पार्टी राप्रपामा लागेर हिन्दुराज्य र राजसंस्था पुनस्थापित गर्न राप्रपालाई साथ र सहयोग गर्न देशवासीमा हार्दिक अपिल गर्दछु ।

Facebook Comments Box