दुई दिनको अविरल वर्षाले निम्त्याएको अपुरणीय क्षति

आर्थिक विचार/अन्तर्वार्ता

गत शुक्रवार देखि परेको अविरल बर्षाका कारण मुलकभर ठुलो जन-धनको क्षती भएको छ । धेरै मानिसहरु घरवार बिहिन भए भने कोही परिवारका सदस्यहरु गुमाउदै परिवार विहिन हुन पुगेको छ । पछिलो तथ्याङ्क अनुशार मुलुकभर हालसम्म २२४ जनाले ज्यान गुमाएका छन भने २५ जना अझपनि बेपत्ता रहेका छन । सबैभन्दा ठुलो क्षती असोज १२ गते शनिवार हुन पुग्यो । मँ स्वयम र मेरा केही कराते खेलाडीहरु शनिवार बिहानै देखि उद्धारमा खटिरह्यौ। मैले केही ठाउका घटनाहरु हेर्दा रेस्क्युमा सरकारद्धारा खटाईएका उद्धारकर्मीहरु पनि समयमा घटनास्थलमा पुग्न नसक्दा ज्यान गुमाउनेको संख्या बढेको पाए ।केही स्थानमा रेस्क्युमा आउने टोली संग आवश्यक श्रोत साधन नहुदा समयमा उद्धार गर्न नसक्दा पनि आम नागरिकले ज्यान गुमाउनुको बिकल्प रहेन । बाढी र पहिरोमा फसिरहेकाहरुले आफ्नो जिवन वचाउन हार गुहार गर्दापनि समयमै उद्दार गर्न नसकिएको महानगरकै घटनाले झन राज्यको बिपतीका सुरक्षा र ब्यवस्था कस्तो छ,भन्ने कुरा प्रस्ट देखाईरहेको थियो । अझ नख्खु खोलाले बगाएका ब्यक्तीहरुलाई सरकारद्धारा उद्धार गर्न नसकेका तर ,काभ्रेका एक ब्यक्ती चणिकलाल ताामाङले खोलामा कुदेर सकुशल बाहिर निकालेर उद्दार गरेको दृश्यले सरकारको विपत्तिका सुरक्षा कस्तो छ भन्ने छर्लङ्ग पारिदिएको थियो । एक व्यक्तीले आफ्नो शाहस र हिम्मतले गर्न सक्ने तर,राज्यको सुरक्षाले किन गर्न सकेन भन्ने कुरा नख्खु जस्तै अरु स्थानका घटनाहरुले सम्वन्धित सरोकारवालाहरुलाई यक्ष प्रश्न तेर्साईरहेका छन । शनिवार नै भएको राजधानीभित्रैको नागार्जुन नगरपालिका वडा नं-६ को घटना पनि कहिल्यै बिर्सन नसकिने घटना वन्न पुग्यो । करिव ७-८ घर वस्ती रहेको उक्त क्षेत्रमा बिहानको करिव साँढे नौ वजे तिर आएको पहिरोले एउटा ६ वर्षे अवोध वालक सहित ५ जनाले ज्यान गुमाउदाको हृदय विदारक पिडाले मेरो मन अझ पनि कता-कता रोईरहेको छ । त्यो नागार्जुनको पहिरोको घटना हुदा हुदै सुचना प्राप्त भएको करिव २५ मिनेट भित्र मेरो टोली घटना स्थलमा पुगेका थियौ,तर निरन्तर बर्षा र पहिरो नरोकिएको कारण हामिले चाहेर पनि कसैको जिवित उद्धार गर्न सकेनौ । सोही घटनाको प्रत्यक्षदर्शी एक महिला छिमेकिको भनाई अनुशार पहिरोले पुरिएका ५ जना मध्ये,केही ब्यक्तीले वचाउ-वचाउ भन्ने गुहारका चित्कार करिव १०-१५ मिनेट सम्म गुन्जन भईरहदा पनि समयमै कोही पनि उद्धारमा नपुग्दा पहिरो भित्र पुरिएकाले ज्यान गुमाउनुको बिकल्प नरहेको प्रत्यक्षदर्शीले वताए । सोही घटना पछि हामी त्यस स्थलमा पुगेका थियौ तर,हामीले जिवित उद्धार गर्न सकेनौ । मलाई अझ पनि मनमा खडकिई रहेको एउटा प्रश्न छ,यदि मँ र मेरो खेलकुद कराते टोली घटना हुदा हुदै,१५ मिनेट भित्र त्यस स्थलमा पुग्न सकेको भए सायद केहीलाई उद्धार गर्न सकिन्थ्यो । खैर जे नहुनु थियो त्यो भईदियो,अव सरकार र सम्वन्धित सरोकारवालाहरुलाई मेरो अनुरोध,मुलुकले ठुलो जन-धनको क्षती ब्यहोर्नु परेको छ ।त्यसकारण पिडितलाई उचित राहत,क्षतीपुर्ती,उद्धार र घाईतेहरुलाई उचित उपचार सहित, गाँस-वास गुमाएकाहरुलाई पुनस्थापना गरेर,जनताप्रतिको राज्यको दायित्ववोध यथासक्य सिघ्र कार्यान्वयन गर्नुको विकल्प छैन । ता कि,जनाले अनुभुत गरुन,हाम्रो सरकार जनता प्रति निक्कै नै उत्तरदायी छ भनेर । हामि कहिलेकाही भन्ने गर्छौ,केवल दुई दिन तर, त्यही दुई दिनले हामिलाई ठुलो क्षती सहित,कहिल्यै नविर्सने घटना मनमा रोपेर गईदियो । र अन्तमा,मँ स्वयम युवा र खेलकर्मी भएको नाताले सम्वन्धित सरोकारवाला लाई मेरो सुझाव,अव राज्यले प्राकृतिक बिपत्तीमा उद्दारमा खटाउने एउटा बिशेष टोली,बिशेष प्रशिक्षण र आवश्यक श्रोत साधन सहित निर्माण गर्नुपर्छ, ता कि,भविष्यमा हुने यस्ता घटनाहरुले राज्यलाई ठुल१ क्षति हुनवाट जोगाउन बिशेष मद्दत पुगोस,बाँकी मुलुक नेतृत्वहरुको बिचार ! जय,देश,जय हामी ।

(लेखक: नेपाल स्वयम सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवम् वरिष्ठ करातेकर्मी हुनुहुन्छ )

Facebook Comments Box