वातावरण बचाउँ, हरीयाली बडाउँ

विचार/अन्तर्वार्ता

वातावरण बचाउँ, हरीयाली बडाउँ ।
आफ्नो जीवन संगै सबै चराचर जगतको प्राण बचाउन हामी पहिला हाम्रो देशको वातावरणको बिषयलाइ गहन अध्यन गरी कार्य गर्न आवश्यक छ । बिश्वकै अग्ला हिमालसंगै अग्ला अग्ला हरीयाली पहाड भएको हाम्रो देश नेपालमा बिश्वमै नपाउने अनमोल जडिबुटीहरु पाइन्छ । वातावरण बचाउन हरीयाली बढाइ जैविक बिबिधताको नियमलाइ अकाट्यै गराउन पर्छ र पानीको मुहानहरु जोगाइ राख्न अनिबार्य छ । नेपालमा ठुला कारखानाहरु खोल्न दिन भन्दा वनको उत्पादन बढाउन आबश्यक छ । नेपालमा वन जोगाउने हो भने वन कर्मचारीलाइ नै सजग गराउन अती आबश्यक छ । यससंगै राजनितीक संरक्षण गर्ने गराउनेहरुलाइ सख्त कानुनि कारवाहिको साथ सम्पती जफत गरी वनमै लगानी गर्नुपर्छ । वन कर्मचारीहरुकै मिलीमतोमा सामुदायिक वनमा भ्रष्टचार मौलाएका छन् । प्राणीजगतकै स्वच्छ हावा दिने रुख काटी अकुत सम्पती कमाइरहेका छन् । वन कर्मचारी र भ्रष्टचारी तस्करहरुको सम्पती बिबरण जाँच गर्ने हो भने तथ्य थाहा पाइन्छ । वनको र भन्सारको साधारण पियुन सम्मका मानिसको पनी अकुत सम्पती देखिन्छ । यो कसरी गर्ने हो राष्ट्र चलाउने सरकारबाटै कदम अगी बडाएमा सम्भब हुन्छ । तराईका सम्म भुमीका हरीयाली पैला राष्ट्रबाटै मानब बस्ती बसाई जङ्गल सफाइ भयो । २०२४÷२५ सालसम्म त्यसपछि वन कर्मचारीहरुको मिली मतोमा धेरै भुभाग हरीयाली फडानी भै मानब बस्ती बसेको छ । आफनो र आफनो सन्तानहरुको सुखको उज्यालो रात सुनौला बिहानीको आशा राखेर पसीनाले सिचाइ गरीरहेका छन् । सुकुमबासीको संज्ञा दिएका छन् । राष्ट्रबाट उनीहरु सधै भोट लिन्छन् तर उनीहरुलाइ वन मासुवा हुन् भन्ने प्रमाणित गरेका छन् । तर हामी भन्छौ यो मानब बस्ती सोसित पिडित मानबहरु हुन किनकी ति नेपाली हुन् भने कोहि पनी भूमीहिन सुकुमबासी चाइ होइन । कोहि कसैको पनी तिन पूस्ता भूमी हिन छैन धेरथोर पहाडको भिर पाखामा अथवा खोलाको किनारामा वन जगंलको छेउमा ५÷६ रोपनी देखी चार आना आठ आना सम्मको भूमी छ । पहाडमा खान र खेती गर्न दुख हुने र स्वास्थ्य तथा सन्तान लाइ शिक्षा दिन सजीलो भनेर पहाड छाडेर बसाइ सरी सस्तो जमीन धेरै खोज्ने मानबहरु अ‍ैलानी ज्ङ्गलको छेउमा आएर किनेर बसेको कम्तीमा दुइ तिन दशक पार गर्दा पनी यता न उताका हुन पुगेका छन् । तिनको भविष्य अन्योलमा परेको छ । सरकार बास्तबिक सुकुमबासी पहीचान गरी भूमी नापनक्सा गर्ने भन्छ । चुनाबमा सबै पार्टीहरुले भोट बैंकको रुपमा तिनै सुकुमबासीहरु लाई बिभिन्न सपनाको सागर वनाइ दिन्छन् र भोट लुट्छन् । चुनाब पछि कोहि पार्टीका नेता पुग्दैन, कुनै मिडिया पुग्दैन, स्थानीय बुद्विजीबी हरुको मिलीमतोमा योजना वनछ । तर सुकुमबासी तथा अब्यबस्थीत बसाबास मानब बस्तीमा सधै अन्योल डर त्रास रेडियो टिभीको समाचारमा सुनिन्छ । सुकुमबासीहरुले वन मासेर वातावरण बिग्रीयो, सुकुमबासीहरु पनी नेपाली हुन् भन्ने र उनीहरुलाइ राज्यले न्याय दिएका छैन भनि वकालात गरी न्याय दिलाउन कुनै पार्टीका नेता, कार्यकर्ता तयार छैनन् । सधै ढाँट छल गरेर भोट तान्ने मात्र भयो । अ‍ैलानी वन अतिक्रमीत कस्ले वनायो ? तत्कालका समाजका बुद्घिजीवीहरु र वन कर्मचारीहरुकै लापरवाहिले नै हो । सुखका दिन खोज्दै पहाडलाई छाडेर समथर भुमीमा राहतको सास फेर्न भनि आएका नेपाली जनसमूदायलाई आज आएर आफुले पसिनाले भिझाएको भूमीको नाप नक्शा नहुनु र बिकासका पूर्वाधार आएपछि सामुदायीक वनप्रेमीहरु चाहिं थाहै नपाई सामुदायीक वन नक्सा भीत्र पारी वन अतीक्रमीत अथवा वन बिरोधी वन मासूवा हुन पुनः ४ सामुदाइक समीती र वन कर्मचारी र स्थानिय बुद्घिजीबीहरुको मिलीमतोमा पुराना ठुला रुख सिद्घाउन २ ५ ४ माथिका चार किसीमको अपराध जन्य कामबाट रुष्ट भएर पसुको जस्तो आत्मा रुप वनेका रिसाहा मानवहरुले वनमा आगो लगाई रिस फेरेको कारणले नेपालको हरियो वन नष्ट हुन पुगेको छ । २०५० मा आएको सामुदायीक वनको उद्घेस्य भनेको नेपालको हरीयो वन गरीव निमुखाहरुको धन भनिएको थियो तर उल्टो भयो । हरीयो वन स्थानीय बुद्घिजिवि र वन कर्मचारीहरुको धन भएको छ । वनको स्रोत नै २००÷३०० बर्ष पुराना रुख सिद्घायाएर ल्याए र नचाइदा हरीया झाडी वनाएर वन जोगाएको भन्ने गरेका छन् । राष्ट्रिय रुपमा नै वन वातावरणको सुधार गर्ने र गराउने हो भने हामीहरुको बिचारमा नेपाल वन उद्योगको ब्यबस्थापन संगै अरुले वन मासुवा भनेका सुकुमबासीहरु लाइ आप्mनो भुमीमा रुख खेती गराई वातावरणको सुधार हुन्छ । सुकुम्बासी तथा अब्यबस्थीत बसोबासीहरुलाई वन उद्योग गर्ने कोरीडोर वनाउन आबश्यक छ । उनीहरुको जीवन पनी माथि उठाउन आबश्यक छ । जो जहाँ बसेका छन् जस्ले जती जमिन सरकारले कानुनी मान्यताको साना बैकंमा धितो राखी उद्योग ब्याबसाय गर्न पाउने नियमवाली वनाई सुकुमबासी उन्मुलन गर्दै जाने संगै वन विनास रोकिने र बातावरण मैत्रि समाजको बिकास गर्न सकियोस् । वन रोपेर सुकुमबासीहरुलाइ वन मासुवाको नामबाट मुक्त गरी वातावरण बिकास जनसमुदायी वनाउन सकिन्छ । वन भनेको हामी र हाम्रा प्राणी जगत कै सुखद र समृद्घि हासो र खुसीको बाटो हो भन्ने सबैको आत्माले भन्नेछन् । वन र वातावरण प्रेमीहरुको पर्यटनको रुपमा घुम्ने छन् । जरी बुटी खेती वनको जनावरहरुको पालन काठका कला कृतीहरुको समाग्री उत्पादन गर्ने छन् । नेपाल र नेपाली जनताहरुको वन वातावरण जोगाउने हो भने यही नै सुत्रबाट सुरु गर्ने एक मात्र फास्टट्रयाक हुने छ ।

वन तथा वातावरण प्रेमी

अ.ब.म.स. भरत बहादुर कार्की
देब चुली न.पा. ४ शान्ति डांडांगैरी
फोन नं. ९८१०२३२०६७

Facebook Comments Box