सन्तोष खड्का
सउल, दक्षिण कोरिया
“आन्यङ मिनु” चलचित्रको प्रिमियर सो मे 20 तारिखका दिन 12th Together Day(세계인의날) को उपलक्ष्यमा सउलको म्यङ्दोङ स्टेसनको CGV सिनेलाईब्रेरी हल(CGV명동역씨네라이브러리)मा नेपाली समुदायका अग्रज ब्यक्तिहरु र बिभिन्न कोरियन संघ संस्थाहरूका प्रतिनिधिहरूको उपस्तिथिमा भब्यताका साथ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नेपाल टुर कम्पनीका सञ्चालक, बरिष्ठ समाजसेवी एंंव ब्यबसायि के.पी सिटौँला, एन.आर. एन. ए दक्षिण कोरियाकी निबर्तमान अध्यक्ष एंव आई सि.सि सदस्य लक्ष्मी गुरुङ, एन.आर. एन .ए दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष दिपक पुन, एन.आर .एन. ए दक्षिण कोरियाका निबर्तमान बरिष्ठ उपाध्यक्ष एंव ब्यबसायि बिपिन कुमार गुरुङ, नेपाली काँग्रेसका महासमिति सदस्य एंव ब्यबसायि नबराज सिवाकोटी, लिङ्क एसिया टुरका प्रबन्ध निर्देशक आरपि देबकोटा, युवा ब्ययबसायि सन्तोष कुमार राई, जन सम्पर्क समिति दक्षिण कोरियाका कोषाध्यक्ष एंव सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका संरक्षक के.पि. चौँलागाई, नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाका अध्यक्ष सन्तोष खड्का लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
सन् १९९१को अन्तबाट कोरिया प्रबेश गर्ने नेपालीका साथै अन्य प्रबाशिहरुको प्रतिनिधि पात्रको रुपमा परीचित “मिनु (मिनोद मोक्तान) को कोरियाको भोगाइ अनी अबैधानिकताको पिडा, भेदभाब अनी मानब अधिकारको आवाजलाई एउटा बहु रास्ट्रीय सांस्क्रीतिक बेन्ड मार्फत कोरियन समाजमा फैलाउदै गर्दा कोरियन सरकारले देश निकाल गर्दा पनि उनले कोरियालाई गरेको माया र निरन्तर कोरियनहरुकै शहकार्यमा नेपाल फर्केर पनि समाज परिवर्तनमा तल्लिन एक युवाको जिंउदो कहानीमा निर्मित चलचित्रमा उनको भुमिकाले कोरियामा रहेका लाखौँ प्रवाशिहरूलाई जिबन जिउन थप उर्जा प्रदान गरेको छ। मिनोद फाउन्डेशनको सहयोगार्थ निर्मित उक्त चलचित्र मे को २७देखी कोरियन हलहरुमा प्रदर्शनी हुनेछ।