द. कोरियाबाट जिन एयरले पहिलो पटक नेपाल उडान गर्ने

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

कामदार दैनिक 
द. कोरियामा संचालित जिन एयरले इन्छन – काठमाडौँ – इन्छन चार्टर उडान गर्ने भएको छ। ३० जूनमा पहिलो उडान गर्नेगरी तयारि गर्दै गरेको जानकारी हुन आएको छ। अहिलेको विषम परिस्थितिमा चार्टर उडान संचालनको लागि चार्टर उडान ब्यावस्थापन गर्ने पक्षले सम्बन्धित देशमा रहेको नेपालि राजदुताबासको समन्वयमामात्र प्रक्रिया अगाडी बढाउनुपर्ने सन्दर्भमा सो कार्य पुरा भएको जनाइएको छ। यस उडानको ब्यावस्थापन एन आर एन ए, द. कोरिया र नेपाली राजदुताबासको समन्वयमा कोरियामा रहेका दुइवटा ट्राभल एजेन्सी नेपाल टुर कम्पनी र लिंक एशिया टुर्सले गर्ने जनाइएको छ| ब्यावस्थापन पक्षले यात्रुलाई आवस्यक बिस्तृत बिबरण छिटै सार्बजनिक गर्ने बताएको छ।
जिन एयरको यो विकल्प यात्रु महानुभाबको लागि सहुलियतपूर्ण हुने देखिएकोछ। यस अघि कोरियन एयर मार्फत नेपालबाट कोरिया जाने यात्रुले एकतर्फी भाडा USD1250 तिरेका थिए भने अब USD 750 मात्र लाग्ने छ। कोरियाबाट नेपाल फर्किने यात्रुले USD 700 तिर्नुपर्ने जनाइएको छ।


एजेन्सीहरुको सल्लाहमा जिन एयरले निम्न उडान तालिका तय गरेको छ, जसमा कोरियाबाट प्रस्थान समय दिउसको १.३० बजे रहेको छ। यो समयमा प्रस्तान हुने यात्रुलाइ विमानस्थल आउन र अध्यागमन पार गरेपछि प्राप्त गर्ने थेजिखुम लिनलाई पनि सहज हुनेछ।

Facebook Comments Box