सुनसरीमा दक्षिण कोरिया मैत्री सहकारी संचालकको लागि लगानी कोषको स्थापना

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

दक्षिण कोरिया

सुनसरी जिल्लामा दक्षिण कोरिया मैत्री सहकारी संचालन गरि ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गर्नको लागि लगानी कोषको स्थापना गरिएको छ । सुनसरी जिल्लामा कोरियण प्रविधि भित्राई, आधुनिक कृषि प्रणालीको विकास, लघु उधोग संचालन तथा महिला सशक्तिकरण हुने क्षेत्रहरूमा सहकारीको माध्यमबाट लगानी गर्ने उदेश्यले समुहको निर्माण गरि लगानी कोषको स्थापना गरिएको हो । लगभग् ५० लाख वन कोष रकमबाट सुरूवात गरिएको समुहमा हरेक ३/३ महिनामा सदस्यहरूले सेेयर बृद्धि गर्न सक्ने छन साथै नया सदस्यहरु समेत समुहमा समावेस गरिनेछ । एक बर्षमा कोषलाई रू ३ करोड वन पुर्याई सुनसरीमा लगानीका सम्भाव्यताको अध्ययन गरि सहकारीमा आधारित भएर लगानी गरिनेछ । हाल एक बर्ष कोष रकमलाई दक्षिण कोरियामै न्युन ब्याज दरमा आन्तरिक ॠणमा लगानी गर्ने साथै सुनसरी जिल्ला भरिका, कोरियाण भाषा परीक्षा पास गरि रोजगारीका लागि दक्षिण कोरिया आउने पर्खाईमा रहेकाहरूलाई भिषा आइसके पछि अन्तिम तयारीका लागि न्युन व्याज दरमा ॠण उपलब्ध गराइनेछ ।
हाल दक्षिण कोरियामा रहेका सुनसरी बासी अग्रज युवाहरू गुलशन साह, अर्जुन मेहता, अरविन्द मेहता, नरेश मेहता, अर्जुन साह, बादल सवणॅकार, अर्जुन राम, सुरेश दास, श्यामदेव मेहता लगायतका साथीहऱु एकिकृत भई लगानी कोषको स्थापना गरेका हुन ।
समुहको लगानी कोष विकासका लागि अबको ३ महिना पछि खुल्ने दोस्रो चरणको सेयर बृद्धिमा कोरियामा १ बर्ष भन्दा बढि भिषा अवधि रहेका सुनसरी बासी साथीहऱुलाई समुहमा लगानी गरि दक्षिण कोरियाबाट सुनसरीमा लगानी भित्राई रोजगारी सिर्जना गर्ने हाम्रो अभियानमा साथ र सहयोग गरिदिनु हुन समुहको एक सदस्य नरेश मेहता ले अनुरोध गर्नु भएको छ साथै उहाँले यो कुनै संस्था नभएर आर्थिक क्रान्ति तथा रोजगारी सिर्जना गर्ने उदेश्यले निर्मित समुह मात्र रहेको कुरा जानकारी गराए ।

Facebook Comments Box