सनातन साहित्य संगित साधना समूह दक्षिण कोरियाको अध्यक्षमा प्रेमराज अधिकारी

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सउल, दक्षिण कोरिया 

सनातन साहित्य संगित साधना समूह पाँच’स’ दक्षिण कोरियाले सर्वसम्मतिले प्रेमराज अधिकारीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गर्दै सँस्थाको चौथो अधिवेशन तथा टिकटक प्रतियोगिता२०२० का विजेता प्रतियोगितालाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

जुम अनलाइन मार्फत गरिएको उक्त कार्यक्रममा नेपाली राजदूतावास दक्षिण कोरियाका कार्यवाहक राजदूत राम सिंह थापा ज्यू को प्रमुख आतिथ्यमा रहेको थियो भने कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल वाट बाचन प्रविण दीनबन्धु पोख्रेलको उपस्थित रहेको थियो । प्रमुख अतिथी को रूपमा वोल्दै राजदूत सिंहले पांच’स’ दक्षिण कोरियाले प्रदेशी भूमीमा नेपाली साहित्य तथा संगीतको क्षेत्रमा श्री वृद्धिको लागि खेलेको भूमिकाका लागि धन्यवाद तथा प्रसंसा गर्नुभयो । आध्यात्मिक,कला,स॔गित र साहित्य विच अन्योन्याश्रीत सम्वन्ध हुने भन्दै आध्यात्मिकताको सर्वोपरी उदेश्य भनेकै यस भौतिक संसारलाई आदर्श स्वर्गीय संसारमा रूपान्तरण गर्नु हो भन्दै साहित्य संगित र कलाको रसस्वादनको चिन्मात्राले मानव मनमा भएको कुण्ठा, आसुरीपन,लत लम्पट जस्ता नकारात्मक तत्वहरुबाट मुक्ति पाउन ठुलो मद्दत हुने कुरा व्यक्त गर्दै दुताबासको तर्फबाट सधै पाँच ‘स’ प्रती सद्भाव रहने कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा वोल्दै वाचन प्रबिण दिनबन्धु पोख्रेलले साहित्य र संगीत विनाको मानिस सिङ् र पुच्छर नभएको गधा जस्तै हो भन्दै पूर्वीय वैदिक दर्शन ज्ञानको भण्डार हो भने पश्चिमा साहित्य अर्थ संग मात्र जोडिएको भन्दै हाम्रो पूर्वीय मौलिकतालाई विश्वमा चिनाउन अनवरत रूपमा लागेकोमा हार्दिक सम्मान व्यक्त गर्नुभयो । कार्यक्रममा शुभकामना दिने क्रममा सवै वक्ताहरुले प्रदेशी भूमीमा रहेर आफ्नो मौलिकता जोगाउन र आफ्नो परिचय विश्वसामु चिनाउन लागीपरेको भन्दै पाँच ‘स’ दक्षिण कोरियाको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।
अनलाइन जुम मार्फत गरिएको सो कार्यक्रममा सामूहिक वैदिक स्वस्ती मन्त्रोच्चारण सहित कार्यक्रमको आरम्भ गरिएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष महेश कोइरालाले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रमुख संरक्षक एकराज दहालले संस्थाको अवधारणाहरू प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया का अध्यक्ष रञ्जन राज कुँवर, एनसीसी अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, एनआरएनए उपाध्यक्ष यदु लामिछाने, संस्थापक अध्यक्ष यम सापकोटा लगायतका वक्ताहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । मुख्य जुम सञ्चालक होष्ट को भूमिकामा उत्सव खड्का रहनु भएको थियो भने संस्थाका कार्यवाहक अध्यक्ष लोकराज न्यौपाने ज्यू को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको साचालन संस्थाका महासचिव प्रेमराज अधिकारीले गर्नुभएको थियो । उक्त अधिवेशन मार्फत निम्नानुसारको कार्यसमिति सर्वसम्मतिले चयन भएको छ।
प्रमुख संरक्षक एकराज दहाल
संरक्षक लोकराज न्यौपाने
अध्यक्ष प्रेमराज अधिकारी
उपाध्यक्ष गुरुदत्त न्यौपाने
उपाध्यक्ष कमल भण्डारी
उपाध्यक्ष दयाराम शर्मा (मोहित आर्य)
महासचिव श्याम अर्याल
सचिव जीवन अर्याल
सचिव सागर रेग्मी
कोषाध्यक्ष नरेश मेहता
सह कोषाध्यक्ष विष्णु गौतम
सक्रिय सदस्य प्रेम रोयल ठकुरी
सक्रिय सदस्य रमेश राज अधिकारी
सक्रिय सदस्य दीपक खत्री
सक्रिय सदस्य प्रीतीजा बिसुंखे
सक्रिय सदस्य महेन्द्र सापकोटा

प्रेमराज अधिकारी लगायत सम्पूर्ण पदाधिकारीहरूलाई कामदार दैनिक परिवार हार्दिक बधाई एंव  सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ।

Facebook Comments Box