महता कोरियाका लागि कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा नियुक्त

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

दक्षिण कोरिया

जनसम्पर्क समिति दक्षिण कोरियाका उपसभापति जितेन्द्र महता नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान दक्षिण कोरियाको लागि नियुक्त भएका छन्।

सुदूरपश्चिम समाजका पूर्व अध्यक्ष समेत रहेका उनी विभिन्न संघ संस्थाहरूको जिम्मेवार पदमा समेत रहि कोरियामा रहेका नेपालीहरूको दुखमा अहोरात्र खटने  सकृय सामाजिक अभियान्ता समेत हुन्।

कांग्रेस उप सभापति बिमलेन्द्र निधीको निर्देशन तथा विदेश क्षेत्र संयोजक गंगाधर गौतमको सुझाव अनुसार प्रा. पुरुषोत्तम दाहालको हस्ताक्षरमा नेपाली कांग्रेस पार्टीसंग आबद्ध बिदेश स्थित नेपाली जन सम्पर्क समितिहरूमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्य गर्न गराउन हुन भनेर उनलाई नियुक्ति दिईएको हो।

बैतडी जिविसको पूर्व सभापति, विकासबादी नेता, दूरदर्शि र निष्ठावान वरिष्ठ समाजसेवी स्व. जयसिंह महताका सुपुत्रका रूपमा  बैतडीमा जन्मिएका महतालाई बैतडीको  आशालाग्दा युुवा नेताको रूपमा समेत हेरिएको छ।

Facebook Comments Box