राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान कोरिया शाखाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सुरज के .सि  

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

सौल,दक्षिण कोरिया

राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान दक्षिण कोरिया शाखाको दोश्रो अधिवेशन भब्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठान कोरियाका अध्यक्ष जितन भाइ श्रिष को सभापतित्व र NRNA दक्षिण कोरियाका उपाध्यक्ष यदु लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा सचिव आर.के. पौडेलको वार्षिक प्रतिवेदन सचिबको अनुपस्थितमा कृष्ण बस्यालले र कोषाध्यक्षकोआर्थिक प्रतिवेदन सह कोषाध्यक्ष बिष्णु पाण्डेले प्रस्तुत गरेका  थिए । दुबै प्रतिवेदन  माथि छलफल गरि सर्वसम्मत रूपमा पारित गरिएको थियोे।

 

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि  यदु लामिछानेले  NRNA दक्षिण कोरियाले संस्थागत रूपमा गित संगित र साहित्यको जगेर्ना गर्न प्रतिष्ठान कोरिया संग हातेमालो गरेर अगाडि बढ्ने कुराको जानकारी गराएका थिए। प्रतिष्ठान कोरिया सल्लाहकार मित्र बन्धु काफ्लेले प्रतिष्ठानले गरेका हरेक गतिविधिहरूलाई नियाल्दै अन्य शाखाहरूको तुलनामा उत्कृष्ट काम गर्न सफल भएको र केन्द्रले पनि कोरिया शाखालाई उत्कृष्टको सुचिमा राखेको र त्यो स्थानलाई टिकाई रहनकालागि सबैलाई अझ बढि जिम्मेवारीका साथ लाग्नका लागि अनुरोध गर्दै  अध्यक्ष जितन भाइ श्रिषलाई सम्मान गरेका थिए  । कार्यक्रममा अतिथिको तर्फबाट सल्लाहकार बिरू कार्की र अर्चना क्षेत्रीले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

 

अध्यक्ष जितन भाइ श्रिषले  आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई विषेश धन्यवाद दिदै उत्कृष्ट सदस्य रेविका लामिछाने र खिम छन्त्याल लाई प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका थिए ।
दोश्रो अधिवेशनको निर्वाचन सत्रको नेतृत्व गरेका निर्वाचन संयोजक मित्र बन्धु काफ्लेले निर्वाचन प्रक्रियालाई सहमतिय तवरले अगाडि बढाएर एक आपसमा आदर भावको बिकास भएको कुरा राख्दै अन्य संघ संथाहरूले पनि यहि पद्धति अवलम्बन गरे संस्था सुधारमा उल्लेखनीय उपलब्धि हुने कुरा ब्यक्त गरेका थिए। अधिवेशनबाट अध्यक्षमा सुरज के .सि, ब.उपाध्यक्षमा रमिला गौतम, उपाध्यक्षमा रेबिका लामिछाने,  टीका पौडेल र खिम छन्याल सचिवमा ललित गिरि, सहसचिवमा कृष्ण बस्याल, कोषाध्यक्षमा बिष्णु पाण्डे, सह कोषाध्यक्षमा सन्तोष बि सि, प्रवक्तामा आर. के. पौडेल एंव सदस्यहरूमा शान्ति गुरूङ, दिनेश राज पाण्डे, सुमन चापागाईं, राज खाम्चा मगर, शैलु शर्मा, मिता गुरूङ, पारू आले मगर, अमृत चापागाईं, धनु गुरूङ, सुदिप सदाशंकर, ऋतु थापा, दिब्या शाहि, हिरा छन्त्याल, भगवान छन्त्याल, नमुना पौडेल र अर्चना क्षेत्री निर्बाचित भएका छन्। समापन पछि मौलिक गित संगित प्रसतुत गरिएको थियोे ।

कामदार दैनिक परिवार अध्यक्ष सुरज के .सि लगायत निर्बाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।

Facebook Comments Box