सन्तोष खड्का
सौल/दक्षिण कोरिया
आइतबार भर्जुअल माध्यम जूम मार्फत प्रदेश नम्बर ३ (बागमती प्रदेश) एकता समाज दक्षिण कोरिया को दोश्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।
अधिवेशनको औपचारिक कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त अधिबेशनबाट रबि प्रताप घिसिङ सर्बसम्मतिबाट अध्यक्षमा चुनिएका छन्।
रामेछाप सम्पर्क समितिका निबर्तमान अध्यक्ष समेत रहेका उनी कोरियामा अति सकृय सामाजिक अभियान्ता हुन्। रामेछाप सम्पर्क समितिको नेत्रृत्वमा रहँदा कुसल नेत्रृत्व गरेका उनलाई प्रदेश नम्बर ३ (बागमती प्रदेश) एकता समाज दक्षिण कोरिया को कुसल नेत्रृत्व गरेर सस्थाँको गरिमालाई उच्च बनाउन सकिने ब्यक्तिको रूपमा लिएको छ।
जुम मार्फत भएको उक्त कार्यक्रममा मुख्य मन्त्रीले समाजको आफ्नै वेवसाइट www.p3uskorea.org समेत उद्घाटन गरेका थिए । प्रदेश सरकार प्रवासी युवाहरुको हितमा सहयोग गर्न सदैव तत्पर रहेको र सामुहिक लगानी र परियोजनाहरुको बारेमा सहकार्य गर्न सकिने मुख्य मन्त्री पौडेलले बताए ।
अध्यक्ष किशोर ब्लोन नियोगको सभापतित्वमा भएको उक्त औपचारिक कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका सबै क्षेत्रीय संस्थाहरुको प्रतिनिधिको सहभागीता रहेका थिए ।
अधिवेशनको बन्दसत्र मार्फत समाजको नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्ष घिसिङ सहित वरिष्ठ उपाध्यक्षमा सुरज दर्लामी, उपाध्यक्षमा जयराम ढुंगाना, अङ्कित कर्की र मनोज कुमार सुवेदी निर्वाचित भएका छन्। साथै महासचिवमा गोकुल प्रसाद ढंगोल, सचिवमा रहर लामा र उत्तम खनाल, कोषाध्यक्षमा सुरेश थिङ, सह-कोषाध्यक्षमा सागर लामा रहेका छन् । त्यसैगरि सदस्य तथा जिल्ला संयोजकमा नुवाकोट समाजको तर्फबाट रमेश श्रेष्ठ रहेका छ्न । अन्य सदस्य तथा जिल्ला संयोजक पछि क्षेत्रीय संस्थाहरुले पठाए बमोजिम हुने जनाएको छ ।
नव निर्वाचित अध्यक्ष घिसिङले संगठनलाई सामुहिक रुपमा सबैको सहकार्यमा मात्र सफलता पाउने भन्दै सबैको साथ र सहयोगमा संस्था र प्रदेश नम्बर ३ को सफलताको लागि उचित कार्यहरू गर्ने बताए ।
कामदार दैनिक परिवार रबि प्रताप घिसिङ लगायत सम्पूर्ण निबर्तमान पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।