सन्तोष खड्का
सौल, दक्षिण कोरिया
सुर्खेत समाज दक्षिण कोरियाले आवास गृह सन्चालनमा ल्याएको छ। सुर्खेत घरभइ विभिन्न पेसा, व्यवसाय र पढाएको सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सुर्खेतीहरुको साझा सस्था सुर्खेत समाज दक्षिण कोरियाद्वारा कर्णाली प्रदेशको १ मात्र रेस्टुरेन्ट माइती घरसगैँ आवास गृहपनि सन्चलानमा ल्याएको छ ।
सस्थाका सल्लाकार संयोजक आसाराम ढुङ्गाना ,सल्लाहकार तुलस गुरुङ ज्युले दिप प्रज्वलन गरि रिवन काटेर बिधिवत रुपमा आवश गृहको उद्घाटन गर्नु भयएको थियो। आवश गृह उद्घाटन सँगै छनान ,फेन्थेक ,आसान लगाएतमा क्षेत्रमा काम छाडी नयाँ कामको खोजिमा रहनु भएका सम्पूर्ण नेपालि दाजुभाइहरुको बसाइको समस्या लाई मध्य नजर गर्दै आवास गृह सन्चालनमा ल्याएको सस्थाका अध्यक्ष बखत थापाले जानकारी दिनु भयो ।
यस अघि सुर्खेतका विभिन्न अग्नि पिडित ,बाढी पिडित ,रोगिहरुलाइ सहयोग गरेको सम्झदै नियमित क्रियाकलाप अन्तर्गत यसपटक आवाश गृह निमार्ण गरेको समेत जानकारी गराउनु भयो। कोरोनाको महामारीको कारण कोरिया आउन रोकिनु भयका साथिको छिट्टै कोरिया आउने प्रक्रिया सुरु हुने र आफुहरु पनि स्वागत गर्न आतुर भयको कुरा समेत उहाँले बताउनुभयो। आवास गृहमा बस्नको लागि र बिस्तृत जानकारीको लागि 01043599606,
01021947564 मा सम्पर्क गर्न सकिने सँस्थाले बताएको छ।