तमू धीं दक्षिण कोरियाको अधिबेशन सम्पन्न,अध्यक्षमा लेसन र बरिष्ठ उपाध्यक्षमा रूपा

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

कामदार दैनिक

दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय जातीय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक नवौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ । वर्तमान कोरोना कोभिड-१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत लेसन गुरुङ अध्यक्ष र रूपा गुरुङ बरिष्ठ उपाध्यक्ष रहने गरि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

संस्थाका केन्द्रीय अध्यक्ष जीत गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उद्घाटन  सत्रमा  प्रमुख आतिथिको रूपमा तमू  ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तमू परिषदका संयोजक रेशम गुरुङको उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिहरुमा आदिवासी जनजाति महासंघ दक्षिण कोरिया अध्यक्ष युगेल टेन्डुप शेर्पा, नेपाली सम्पर्क समिति दक्षिण कोरिया (NCC) अध्यक्ष श्री प्रसाद श्रेष्ठ, संस्थाका संरक्षक तथा नवौं केन्द्रीय अधिवेशन निर्वाचन संयोजक भिम गुरुङ (पर्वत), एनआरएनए आईसिसी सदस्य लक्ष्मी गुरुङ,एनआरएनए दक्षिण कोरियाका निबर्तमान बरिष्ठ उपाध्यक्ष बिपिन कुमार गुरुङ, एनआरएनए मानार्थ सदस्य जुनु गुरुङ, गोर्खाली रेडियो १०६ मेघाहर्जका स्टेसन म्यानेजर खिमा गुरुङ, तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद उपाध्यक्ष आर.बी. गुरुङ, तमू ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद सुनसरी जिल्ला कार्यसमितिका कोषाध्यक्ष टंक कुमारी गुरुङ, तमू धीं दक्षिण कोरिया थेगु शाखा अध्यक्ष हर्क गुरुङ,तमू धीं दक्षिण कोरिया ख्यङ्गसाङ्गनाम्दो अध्यक्ष अनिश गुरुङ लगायत सल्लाहकारहरु, एंव अतिथीहरुको सहभागिता रहेको थियो।

 

तमू धीं दक्षिण कोरियाको ऐतिहासिक नवौं केन्द्रीय अधिवेशनबाट  अध्यक्षमा लेशन गुरुङ, ब. उपाध्यक्षमा रुपा गुरूङ, उपाध्यक्षमा तेज ब.गुरूङ, सचिवमा तोरण ब.गुरूङ र सवनम गुरूङ, कोषाध्यक्षषमा नरेन्द्र गुरूङ, सह-कोषाध्यक्षमा दुर्गा गुरूङ, सदस्यहरूमा प्रदिप गुरूङ, रेशम गुरूङ, अमृत गुरूङ, होम गुरुङ र प्रदिप गुरुङ निर्बाचित भएका छन् ।

कामदार दैनिक परिवार अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछ।

Facebook Comments Box