सन्तोष खड्का
सौल, दक्षिण कोरिया
नेपाल सामुदायिक समिति दक्षिण कोरीयाको चौथो साधरण सभाले सिता लामा(ऐजिन)को नेतृत्वमा नयाँ समिति गठन सफलताका साथ संपन्न भएको छ। एतिहासिक शहर ख्वाङ्जुमा रहेका नेपालीलाई संगठित गर्दै आएको यस संस्थाको आगामि दुई बर्षको लागि सिता लामा अध्यक्षमा सर्वसहमतिमा चयन हुनुभएको छ।बरिष्ठ उपाध्यक्ष गुरुदत्त पराजुली,उपाध्यक्षमा धना तामाङ, राजुश्री, पर्वत राई र कमल पुडासैनी,सचिव प्रकाश पराजुली,कोषाध्यक्ष शिव आचार्य, सहसचिव सन्जु सावत,सहकोषाध्यछमा देवराज सापकोटा निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा मणि भट्टराई, अमृत सुनार ,विजय खड्का ,समिर भट्टराई,धिरज पाण्डे,सन्तोष बोगटी रहनुभएको छ।
यस कार्यकालमा संस्थाले नेपाली चलचित्र साईली ,कवड्डी कबड्डी प्रदसन,बनभोज, हरितालिका तिज,दसै तिहार,नेपाल भ्रमण बर्षको प्रचार प्रसार,रंगसालालाई सहयोग,आविष्कार केन्द्रलाई सहयोगको साथै काम छोडेर नॅया काम नपाइनजेल बस्नको लागि सेल्टर संचालन गरिरहेको जानाकारी सचिव ध्रुव नेपालले दिनभयो।
कोषाध्यक्ष गुरुदत्त पराजुलीले गतबर्ष बिभिन्न कार्यक्रम गरी संस्थाले आम्दानी गरेपनि कोभिडको कारणले ठप्प भयो।ऐनतेन सेल्टर बन्द गर्नु नपरेको तर सेल्टरमा आउने संख्या निकै कम भएकोले चुनौती थपिएको बताउनु भयो।सभाले प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन सर्वसहमतिले अनुमोदन गरेको थियो।
सो अवसरमा संस्थालाई सहयोग गर्ने महानुभावहरूलाई सम्मान गरिएको थियो।सोनाम शेर्पाले इमिग्रेशन संवन्धि सुचना दिनुभयको थियो। सन्तोष पराजुलीको संयोजकत्वमा राजाराम श्रेष्ठ, ध्रुवनेपाल, हरिराम भण्डारी रहेको निर्वाचन मण्डलले सर्वसहमत निर्वाचन संपन्न गरेको थियो। साहित्यकार बिएमके बिश्वास,नेपाली बिद्यार्थि समाज सोनसिकका अध्यक्ष राजाराम श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रम ध्रुवनेपाल र राजु श्री ले संचालन गर्नुभएको थियो भने संस्थाका अध्यक्ष अरुण छेत्रीको अध्यक्ष तामा भयको थियो।
कामदार दैनिक परिवार अध्यक्ष सिता लामा(ऐजिन) लगायत सम्पूर्ण निर्बाचित पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक बधाई एंव शुभकामना ब्यक्त गर्दछु।