सन्तोष खड्का
सौल,दक्षिण कोरिया
मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाले हेटौँडा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । आइतबार हेटौँडा उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।मञ्चले हेटौंडा अस्पतलमै पुगेर एक कार्यक्रमका बीच १२० थान पिपिई सेट, ७५० वटा सर्जिकल ग्लोब्स, दुई हजार पिस माक्ससहित करिब दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । स्वास्थ्य सामाग्री हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले प्रतिष्ठानका रजिष्ट्रर तथा अस्पतालका अध्यक्ष राजेश प्रसाईंलाई हस्तान्तण गरेका हुन् ।
मञ्चका पूर्व अध्यक्ष दुर्गा दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण मञ्चकै पूर्व अध्यक्ष राजकुमार गोलेले गरेका थिए । कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष सुनिल मोक्तान, मेसु डा.रामचन्द्र सापकोटा, वागमती प्रदेश कोरियाका पुर्ब संयोजक किशोर ब्लोन, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, मञ्चका पूर्व अध्यक्ष एंव सदस्यलगायतको उपस्थिति रहेको थियो। स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मेयर महतले मञ्चले कोरियादेखि नेपालसम्म गरेको सहयोग अनुकरणीय रहेको बताए । रजिष्ट्रार प्रसाईंले कोरोना कहरको समयमा सबै क्षेत्रको सहयोगले अस्पताललाई सहज भएको बताउँदै सहयोगका लागि मञ्चलाई धन्यवाद दिए । मञ्चका पूर्व अध्यक्ष रमेश उप्रेतीले कार्यक्रमको बारेमा जानकारी दिँदै कोरोना भाइरसबाट आक्रान्त बनेको समयमा प्रवासमा रहेका नेपालीहरुको तत्परतामा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्न पाएकोमा आफु अत्यन्त हर्षित भएको बताए ।
हेटौंडा उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा वितरण गरिएको उक्त स्वास्थ्य सामाग्री मकवानपुर–कोरिया मञ्च दक्षिण कोरियाका अध्यक्ष एबं गायक सूर्य रुम्बाको नेत्रृत्वमा संकलन भएको हो। मञ्चका अध्यक्ष एंव गायक रूम्बाले सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद एंव कृतज्ञता ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगका निम्ति हार्दिक अनुरोध समेत गरेका छन्।
त्यस्तै मकवानपुर कोरिया मंञ्च का सचिव तथा अभियानका आर्थिक संकलन संयोजक बिक्रम बज्यूले हामि पतर पतर वोल्ने मूख मा होइन काम गर्ने हात मा विश्वास राख्ने भएकाले यो राहात संकलन अभियान मा सहयोग गर्ने मकवानपुरे लगायत बिभिन्न जिल्लाहरुबाट रोजगारी एबं बिभिन्न उद्देश्यले कोरियामा रहनुभएका सम्पूर्ण सहयोगी मानुभावहरुलाई हार्दिक कृतज्ञता एबं धन्यवाद दिँदै एकतामै बल हुने भएकोले हामी सम्पूर्ण एक भएर कोभिड नियन्त्रणमा नलाग्नुको बिकल्प नभएको समेत बताउनुभयो।
त्यसैगरि कोरिया-मकवानपुर मञ्चकी कोषाध्यक्ष सरस्वती पुडासैनीले सम्पूर्ण सहयोगि महानुभावहरुलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनहरुमा कोरिया-मकवानपुर मञ्च अझ सक्रिय भएर लाग्ने समेत बताउनुभयो। कोरिया-मकवानपुर मञ्चका कार्य समिति सदस्य एबं कलाकार राम बहादुर थोकर र लक्ष्मण थोकरले सबै सहयोगिहरूलाई धन्यवाद दिँदै उठेको सहयोग उचित र ठिक ठाउँमा प्रयोग गरिएको र आगामी दिनहरूमा कोरिया-मकवानपुर मञ्च अझ शशक्त भएर अगाडि बढ्ने समेत बताउनुभयो।
यसैबीच, मञ्चले हेटौंडा अस्पतालमा सञ्चालन भइरहेको हेल्प डेस्क मकवानपुरलाई ५० कार्टुन पानी सहयोग गरेको छ । त्यसै गरि मञ्चले मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्यचौकीलाई पनि ७० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। साथै कैलाश गाँउपालिका, राक्सिराङ गाँउपालिका लगायत अबस्था हेरि अरू गाउँपालिकाहरूमा समेत क्रमश स्वास्थ्य सामाग्री बितरण गर्ने योजना रहेको मञ्चका सचिव बिक्रमले बताए।