सन्तोष खड्का
सौल, दक्षिण कोरिया
दक्षिण कोरियाको चिर परिचित रेमिट GmoneyTrans ले आफ्नो सेवा सुबिधाहरु बिस्तार गर्ने क्रममा आफ्ना ग्राहक महानुभावहरुका निम्ति बिभिन्न सुबिधा सहितको बहुउपयोगी Gmoney card( एटिएम कार्ड) लिएर आएको छ। यो कार्ड बैंकको एटिएम कार्ड जस्तै गरि प्रयोग गर्न सकिने, बैंकको एटीएम कार्डमा भन्दा धेरै सेवाहरू हुने, बोनस पोइन्टहरू पनि अत्यधिक हुनुको साथै दुई करोड वन सम्मको दुर्घटना बिमा हुने भएकोले सम्पूर्ण ग्राहकहरू माझ Gmoney card( एटिएम कार्ड) अत्यन्त लोकप्रिय भएको र आफुहरू कार्ड बनाउनको लागि एकदमै ब्यस्त भएको GmoneyTrans नेपालका नेपाल प्रमुख सुसिल खनालले बताए।
GmoneyTrans ले प्रिमियर(PREMIER), ड्रीम(Dream) र डाइरेक्ट( Direct) गरी तिन प्रकारका बहुउपयोगी र बिभिन्न सेवा उपलब्ध भएका कार्डहरु लिएर आएको र यस सेवाले ग्राहकमहानुभावहरु ज्यादै खुसि भएको GmoneyTrans नेपालकी मार्केटिङ अफिसर मेलिना भण्डारीले बताइन्।
GmoneyTrans नेपाल दोङ्देमुन शाखाका प्रमुख डा. किशोर कोइरालाका अनुसार प्रिमियर(PREMIER) कार्डमा दुई करोड वन सम्मको दुर्घटना बिमाका साथै ७०,००० कोरियन वन सम्मको रिवाड पाउन सकिने, यातायात कार्डको रूपमा पनि प्रयोग गर्न सकिने र अफ लाईन र अनलाइन दुबै सपिङ्ग गर्न सकिने भएकोले यो कार्ड बनाउन चाहनेहरुको सङ्ख्या अत्यधिक रहेको छ। त्यस्तै ड्रीम(Dream) कार्डमा एक करोड वन सम्मको दुर्घटना बिमाका साथै ७०,००० कोरियन वन सम्मको रिवाड पाउन सकिने, यातायात कार्डको रूपमा पनि प्रयोग गर्न सकिने र अफ लाईन र अनलाइन दुबै सपिङ्ग गर्न सकिने भएकोले यो कार्ड लिन चाहने ग्राहकहरूको सङ्ख्या पनि अत्यधिक रहेको छ।
स्मरण रहोस् GmoneyTrans नेपालले यस अघि नै नोङ्हेब( 농협)बैंकका जुनसुकै खाता नम्बरहरूबाट पनि अटो डेबिट बनाउन सकिने सेवा सञ्चालन गरिसकेको छ साथै Gmoney रजिस्टर गर्ने बित्तिकै JB Bankको खाता नम्बर उपलब्ध गराई त्यसैमा तलब बुझि सम्पूर्ण सेवा सुबिधाहरु लिन सकिने भएकोले बिशेष गरि पासपोर्टमात्रै भएका र बिधार्थीहरुका निम्ति यो सेवा अत्यन्तै उपयोगी रहेको छ। कुनै जिज्ञासा वा समस्या परेमा ग्राहक सेवा केन्द्रको फोन नम्बर:०१०-४३८५-२४३४मा सम्पर्क गर्न सकिने छ।