बि. एन आचार्य
सौल, दक्षिण कोरिया
थेजन नेपाली समाजको सहकार्य र उसङ्ग बिश्वबिधालयको नर्सिङ बिभागमा बिगत ७ बर्ष देखि प्राध्यापन गरिरहनु भएकी डा. प्रतिभा भण्डारीको पहलमा यही आउँदो शनिवार र आइतबार २६ र २७ तारिखका दिन बिहान ८ बजेबाट माजनको फुटबल गाउन्डमा स्वास्थ्य परीक्षण अन्तर्गत निशुल्क रगत परिक्षण सिविर सञ्चालन हुन लागेको थेजन नेपाली समाजका उपाध्यक्ष रमेश थापा मगरले बताउनुभयो। उक्त सेवा लिँदा निशुल्क रुपमा स्वस्थ सकृयता मापक यन्त्र ( Smart band) समेत प्राप्त गर्न सकिने छ।
उक्त शिबिरमा GmoneyTrans ले पास्पोर्ट मात्रै भएकालेपनि कोरियन बैंकको खाता खोलि जुनसुकै समय नेपाल पैसा पठाउन मिल्ने सेवा Gmoney Pay खाता र दुइ करोड वन सम्मको अशक्तता बिमा सहितको बहुउपयोगी GmoneyTransको एटिएम कार्डहरू बितरण गर्ने भएको छ।
स्मरण रहोस् GmoneyTrans नेपालले यस अघि नै नोङ्हेब( 농협)बैंकका जुनसुकै खाता नम्बरहरूबाट पनि अटो डेबिट बनाउन सकिने सेवा सञ्चालन गरिसकेको छ साथै Gmoney रजिस्टर गर्ने बित्तिकै JB Bankको खाता नम्बर उपलब्ध गराई त्यसैमा तलब बुझि सम्पूर्ण सेवा सुबिधाहरु लिन सकिने भएकोले बिशेष गरि पासपोर्टमात्रै भएका र बिधार्थीहरुका निम्ति यो सेवा अत्यन्तै उपयोगी रहेको छ।
थेजन नेपाली समाजद्वारा हुन लागेको स्वास्थ्य शिविरको जानकारी लिन परेमा वा कुनै जिज्ञासा भएमा थेजन नेपाली समाजका अध्यक्ष राम खनाल :०१०-५९२५-१७६३, उपाध्यक्ष रमेश थापा मगर: ०१०-५९५३-६४७६ र सचिव प्रकाश के.सी लाई ०१०-८०६२-३२९९ मा सम्पर्क गर्न सकिनेछ।