सन्तोष खड्का
सौल, दक्षिण कोरिया
गैर आवासिय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद ख्याङ्सान क्षेत्रको नयाँ नेतृत्व चयन भएको छ ! नयाँ नेतृत्वको लागि प्रारम्भिक अवस्थामा ६ जना आकाङ्क्षी भए पनि बन्द सत्रमा ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए। निर्णायर्थ :उदयपुरका बिबिन्द्र राइ सर्वसम्मत निर्वाचित हुनुभएको हो।
आईतबार सम्पन्न शाखाको चौथो अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नव चयन समितिका अध्यक्ष बिबिन्द्र राइ र उपाध्यक्ष हरुमा क्र्मश: सानुराज मगर, सुबोध भण्डारी, साजन थापा र योगिता गौतम रहेका छन् । त्यस्तै सचिव मा गोकुल पौडेल, सहसचिव राम पौडेल, कोषाध्यक्ष संजीव बुढाथोकी र सहकोषाध्यक्ष कार्यसमितिले पछि चयन गर्नेगरि सदस्यहरु बिमल बानियाँ, ओम भण्डारी, दिल बहादुर रसाईली र शिव विश्वकर्मा सदस्य रहेका छन् ।
चौथो अधिवेशनबाट निर्वाचित राई 2013 सालमा इपिएस मार्फत दक्षिण कोरिया प्रवेश गर्नु भएको थियो ।कोरिया प्रवेश लगतै सामाजिक संस्थामा सक्रिय र अग्रपंक्तिमा रहेर काम गर्दै आउनुभएक राई ncc बुसान शाखाको उपाध्यक्ष हुँदै New vision group को सचिब, जिन्यङ F C को मेनेजर, आदिवासी जनजाति महासङ्घ ख्याङ्साङ्नाम्दोका सल्लाहकार, किराँत राई यायोख्खाको सल्लाहकार लगायत उदयपुर सेवा समाज दक्षिण कोरियाका सस्थापक महासचिवको रुपमा कार्यरत हुनुहुन्छ।
किम्हे शहरको माईग्रेन्ट हाउसमा सम्पन्न अधिवेशनपछि आएका पदाधिकारीलाई आईतवार नै सपथ ग्रहण गराइएको थियो । परिषदका केन्द्रिय अध्यक्ष यज्ञराज सुवेदी, बिनोद कुँवर, उपाध्यक्ष तथा क्षेतृय इन्चार्च सञ्जीव राइ लगायत बिभिन्न सघ संस्थाको प्रतिनिधिको उपस्थितीमा अधिवेशन आयोजना भएको थियो ! बिशेश त मजदुर र बिधार्थि को घटिरहने र आईपर्ने हरेक समस्या क्षेत्रहरुबाट हरेक क्षेत्रका साथिहरुले अध्ययन तथा अनुसन्धान गरि अगाडि बढाइ दिनु भए हामि र समन्धित निकाय मिलि समाधान गर्ने उपाध्यक्ष तथा इन्चार्ज सन्जिब राई ले बताउनु भयो।
नव निर्वाचित अध्यक्ष राईले बैदेशिक रोजगारीको क्रममा कोरिया बस्दै आएका नेपालीहरुबीच भाइचाराको सम्बन्ध स्थापित गर्दै मज्दुर मैतृ बनाउन सम्बन्धित पक्ष्य सङ्ग लागीपर्ने प्रतिबद्धता जनाउनु भयको थियो । उहाँले यस क्षेत्रमा रहेका विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरुसँग सहकार्य र एकता गर्दै अगाडि बढ्ने बताउनु भयको छ ।
अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित भईसके पछी राईले भन्नु भएको छ “संस्थाको विधि बिधानमा रहि, तपाईंहरुको मनोभावनालाई कदर गर्दै बल बुद्द्दी र बिबेकले भ्याएसम्म हामी खट्ने छौं , डट्ने छौँ तर थाकेर हट्ने छैनौँ। मैदानमा पठाईसक्नु भएको छ, तपाईंहरुकै सल्लाह, सुझाब र मार्गनिर्देशनलाई अनुशरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ।