उ भिन्नै छ(कविता)

कोरियाअपडेट समाचार साहित्य

– कमलेश घरडी 

८ अरब मानिसमा उ अलग छ
केही कुरामा उ उत्कृष्ट पनि छ
केहिमा अनभिज्ञ
कहिँ चलायमान शुन्य तर गर्जना अपार
कहिँ अचाक्ली निराशापन तर हसिलो मनोभाव
मनोशान्तिको उत्त्खर चरमोत्कर्षमा जस्तो
तर सोचे जस्तो छँदै छैन
साच्ची उ भिन्दै छ

 

मनमा केही चलिरहन्छ होला
मुहारमा देखिन्न र पो
चक्लिरहेका फक्लेटामा
तृप्तिका जुहारु भरिएकै त होलान्
छल्किएको कान्तिमा भेट्टिन्न र पो
कटुपा टुडालमा मनशान्तिको
देवय तस्बिर खोपिएकै त होलान्
चोइटिएका भ्रान्तिमा
कातरिला अभरको कभर देखिन्न र पो

 

सबैको अनुभवी जस्तै लाग्छ उ
बालापनको मजबुरी
युवास्थाको मजदुरी
साच्ची उ युवा नै त छ!
तर बुढेसकालको एक्लोपना
निस्तेज पारेको ब्रह्मास्त्र जस्तै लाग्छ
खेपेको कयौं छ
देखेको संसार छ
तर देखाउन्न झेलिएको दु:ख
अनि मौलाएको मनको बाध
संसारी भोगको अवतुल्य स्मरण
गाजिएको अनि मक्किएको आफ्नो बिश्वास
उस्ले फेहरिस्त कहिल्यै गरेन
न अब गर्छ होला

उ जे छ रमाएकै छजे छैन सहेकै छ
जे भोग्यो आनन्दित छ
जे भोग्ने छ प्रफुल्लित नै रहनेछ
त्यहीँ भएर त उ भिन्दै छ
अनि भैपरी आएको शान्त छ

Facebook Comments Box