-कमलेश घरडी
भिडभाडमा छोइएको निहुमा
पैसाको लिनदेन नमिल्दा
पदोन्नति को सिफारिस नगरिदा
एक सज्जन जेल परेर फर्केपछि
उ माथीको मानसिक बलात्कार देखेकै हो
तर हामी भन्छौ ‘लेट इट गो’
सम्बन्ध बचाउन झुक्दा
खोजिनिती गरेर रिन निकाली दिदा
आफनत्वको आधार खडा गरिदिदा
झरिरहेका आँसु पुछिदिदा
जब त्यही आफनत्व अनि पैसा फिर्ता माग्छ
एक हातले ताली बजेन
सुसाइडको विकल्प बचेन
लाल्छन उसैलाई लाएर
हामी फेरि भन्छौ ‘लेट इट गो’
भोका भोकै रहे
नाङ्गाका आङ छोपिएन
ओछ्याउन भुमी बाहेक च्याद्दर छैन
चन्द्रमा को कान्ति र ताराको संख्या
गनेर बितायो हरेक प्रहर रातका
अरुबाट मानवता खोज्ने उ
कुकुर देख्दा ढुङ्गा पैले उस्ले हिर्काउछ
हामी अन्जान सरि भएर भन्छौ ‘लेट इट गो’
तुफानी मनमा मुखनेर तारिफ गरेर
पछाडी हातमा हतियार बोकेछ
सफलतामा कुटिल मुस्कान छर्न भुल्दैन
अरुको लाशको लागि फुल र अगरबत्ती
आफ्नो लागि मलामीको लाइन खोज्ने
फिजिक्स र गणितमा टपरले
पुन:जन्मको आशमा छोरिको बलि दिदै गर्दा
कुटिल तरिकाले हामी भन्छौं ‘लेट इट गो’
मजदुरिले पेट पाल्ने एक बुबा
चन्दा र कर, पेट काटेर चढाउछ
पढ्न शहर पठाएको छोरा
‘बा’लाई पाखे भनेर ढोग्न बिच्किन्छ
सान्त्वना दिदा दिदा बूढो भाको शरीर
साहारा खोज्दा त्यही सान्त्वना मात्रै फिर्ता आयो
खाडीको गर्मीमा भत्भती पोल्दा
देश बनाउन सपना देख्ने छोरो
घरमा जुठो थाल आमाकै पोल्टामा पार्छ
निर्लज्ज हामी भनिरहेकै छौ ‘लेट इट गो’
अब त अति भो
मूंढको अगाडी
इसारा गर्न छोडौ ।
ढोंगीको अगाडि
कराउन छोडौ ।
सान्त्वना हैन
साहारा दिऔ ।
मतियार बनेर
अर्थपूर्ण आयु नघटाऔ ।
दुधको दूध, पानीको पानी भनौ
सक्दो समाजसेवा
मिल्दा सपना
भरपर्दो सम्बन्ध
र
उन्नत समाजका खातिर
अब हामी प्रतिवाद गरौ
नभनौ
‘लेट इट गो’ ।